भाद्र ३१, २०८१ सोमबार

 उजुरीका कारण रोकिएका योजना सुचारु गर्न नारावाजी

 

खोटाङ, १० फागुन । वडामा सञ्चालित विभिन्न योजनामा अनियमितता तथा भ्रष्टाचार भएको भन्दै जिल्ला प्रशासन कार्यालय, गृह–मन्त्रालय र अख्तियारमा सत्तारुढ गठबन्धन दलको उजुरी परेपछि रोकिएको योजना सञ्चालनको माग गरेका हुन् । एमालेबाट निर्वाचित वडाध्यक्ष लिलाकुमार चौहान नेतृत्वको टोलीले मंगलबार नारावाजी गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन–पत्र बुझाउँदै अवरुद्ध योजना सुचारु गर्न÷गराउन माग राखेका छन् ।

सडक ढलान, एकीकृत वस्ती विस्तार, विद्यालय खेलमैदान र घेराबारा लगायतका योजना मापदण्ड विपरित सञ्चालन गर्दै अनियमितता तथा भ्रष्टाचार गरिएको भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले गत १७ माघमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन–पत्र बुझाएका थिए । त्यसकै प्रतिकार स्वरुप वडाध्यक्ष चौहान समर्थक सहित शक्ती प्रदर्शनमा उत्रिएका हुन् ।

चार वटा बस रिजर्भ गरेर दिक्तेल पुगेका वडाध्यक्ष समर्थित स्थानीयले दिक्तेलबजारमा ‘विकास बिरोधी होसियार, गठबन्धनको नाममा गलत प्रचारवाजी बन्द गर, मान हानी गर्न पाइन्दैन, सञ्चालित योजना चालु गर, सत्यतथ्य छानविन गर, जनता ढाँट्न पाइन्दैन, झुटो मुद्धा लाउन बन्द गर’ लगायतका नारा लगाएका थिए । गलत कागजात तयार गरी जनप्रतिनिधि विरुद्ध विभिन्न निकायमा उजुरी हाल्ने र अलोकतान्त्रिक ढंगले विकास निर्माण कार्यलाई अवरोध पु¥याएर वडावासीको अधिकार कुण्ठित पार्ने गैर–राजनैतिक हर्कत गरेकामा आवाज उठाउनु परेको स्थानीय दानबहादुर चौहानले बताए । ‘वडालाई अस्थिर बनाउन चाहने, विकास विरोधी, अरुको अस्तित्व स्वीकार गर्न नसक्ने र आफ्नो स्वार्थको लागि वडामा भएको विकास रोक्न चाहने केही व्यक्तिले अवरोध गरेको हो,’ उनले भने, ‘उक्त अवरुद्ध विकास निर्माण कार्य तत्काल सञ्चालन गर्न आवश्यक छ । दुई महिनादेखि रोकिएको निर्माण कार्यलाई सम्वन्धित निकायले अहिलेसम्म निकास नदिइ मौनता साँधेकोप्रति हाम्रो आपत्ती छ ।’

मध्यपहाडी लोकमार्गदेखि वडाकार्यालयसम्मको सडक ढलान, अन्नपूर्ण माविको खेलमैदान र घेराबारा निर्माण, सिस्ने हर्कटे सामुदायिक वनमा ढुंगा उत्खनन, खावाडाँडा एकीकृत वस्ती र वाबारी नमूना बस्ती विस्तारका क्रममा अनियमितता र भ्रष्टाचार भएको सत्तारुढ गठबन्धन दलको दावी छ । वडाध्यक्षले वडामा सञ्चालित योजनाको लागत रकम, स्टीमेट, कामको प्रकृति बारे नागरिकलाई जानकारी नदिएकाले समस्या सिर्जना भएको गठबन्धनका नेता जयप्रकाश राईले बताए     । ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा वडामा अन्य दलको गठबन्धन हुँदा चौहान एमालेकातर्फबाट निर्वाचित भएका थिए । आफ्नो विकास र लोकप्रियता देखेर त्रसित भएका गठबन्धनले उजुरी हालेर अवरोध सिर्जना गरेको वडाध्यक्ष चौहानले बताए । वडामा पार्टीगत रुपमा भएको द्धन्द्धले सर्वसाधारण भने निरास छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

जिल्ला प्रहरी कार्यालय खोटाङको११३ कि.मि. पैदल गस्ती

  २०८१ भाद्र २६, बुधबार
चेक हस्तान्तरण गरिदै जेफर राई,उदिम राई मुक्ति र प्रधानाध्यापक

बुवाको सम्झनामा विद्यालयमा ५० हजार ५ को अक्षयकोष

  २०८१ भाद्र २१, शुक्रबार
भवन उद्घाटनमा पालिका अध्यक्ष सालिकराम बन्जरा

बाराहा पोखरिको मौवाबोटेमा नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन

  २०८१ भाद्र १५, शनिबार

जन्मदिनमा बिरामिलाई फलफुल दिने जिल्ला खेलकुद बिकास का अध्यक्ष राई

  २०८१ भाद्र १४, शुक्रबार

खोटाङ काठमाडौ सम्पर्क मञ्च द्वारा हरितालिका तीज’ विशेष  कार्यक्रम तथा महिला भेला

  २०८१ भाद्र १२, बुधबार

नेकपा एसका तीन अगुवा कार्यकर्ता एमालेमा प्रवेश

  २०८१ भाद्र ९, आइतबार
लाखेको मुर्ती अनावरण

खोटाङको ऐसेलुखर्कमा लाखेको मुर्ती अनावरण

  २०८१ भाद्र ३, सोमबार

सम्बन्धित खबर