युवा संघ
नेकपा एमालेको भातृ संगठन रास्ट्रीय युवा संघ नेपालको १० औ रास्ट्रीय महाधिवेशनका लागि खोटाङ बाट प्रतिनिधि छनोट गरिएको छ ।
युवा संघ
रास्ट्रीय युवासंघको जिल्ला कमिटी खोटाङको शनिबार दिउँसो दिक्तेल बजार स्थित पुस्पलाल स्मृति भवनमा बसेको तेस्रो पुर्ण बैठकले महाधिवेशन प्रतिनिधि छनोट गरेको हो । जेष्ठ ९ गत्ते देखि ११ गत्ते सम्म पोखरामा हुन गईरहेको १० औ रास्ट्रीय महाधिवेशनका लागि खोटाङ बाट १३ जना प्रतिनिधि सर्वसम्मत छनोट गरिएको राष्ट्रिय युवा संघका खोटाङको सचीव सविन राईले मदानी खबरलाई बताउनु भयो । रास्ट्रीय युवा संघका केन्द्रिय सदस्य तथा खोटाङ ईन्चार्ज अनिल राईको प्रमुख आतिथ्यतामा बसेको बैठकमा जिल्लाबाट रोसन राई ,सबिन राई ,रस्मिता आचार्यलाई सर्वसम्मत प्रतिनिधि छनोट गरेको छ । यसैगरी दिक्तेल रुपाकोट मझुवागढी गाउपालिका बाट बिजय राई ,हलेशी तुवाँचुङ नगरपालिका बाट किसन राई ऐसेलुखर्क गाउपालिका डेबिट राई , केपिलास गढी गाउँपालिकाबाट राववेशी गाउपालिकाबाट यम मगर , माैसम राई ,साकेला गाउँपालिका बाट भैरव बस्नेत ,दिप्रुङ चुईचुम्मा गाउपालिकाबाट सुरेस राई, खोटेहाङ गाउपालिका बाट बिनोद तिरुवा ,जन्तेढुङगा गाउँपालिका बाट चासुमहाङ राई , बाराहापोखरी गाउपालिका बाट उमेश श्रेष्ठ सर्वसम्मत छनोट भएको छ । कार्यक्रम पुर्व अध्यक्ष दिनेश राई, दिलचक्र राई ,दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर पार्टी कमिटी अध्यक्ष गोपाल चन्द्र आचार्य लगायतको उपस्थिति रहेको थियो । पोखरामा हुने महाधिवेशनमा देश भरबाट करिब २ हजार प्रतिनिधिहरुको सहभागिता हुने आयोजकले जनाएको छ ।
© मदानी खबर 2022 सर्वाधिकार सुरक्षित Site by: Neptop