भाद्र २७, २०८३ शुक्रबार

राष्ट्रिय स्वतन्त्र पार्टी रावाबेंसी गाउँपालिकाका सभापति कृष्णप्रसाद पाण्डे एमालेमा प्रवेश

राष्ट्रिय स्वतन्त्र पार्टी रावाबेंसी गाउँपालिकाका सभापति कृष्णप्रसाद पाण्डे एमालेमा प्रवेश गरेको हो ।

बैशाख ३१,खोटाङ । राष्ट्रिय स्वतन्त्र पार्टी रावाबेंसी गाउँपालिका कार्यसमितिका सभापति कृष्णप्रसाद पाण्डे एमालेमा प्रवेश गर्नुभएको छ । बुधवार एमाले रावाबेंसी गाउँपालिका कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला  कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका पालिका कार्यसमितिका सभापति  कृष्णप्रसाद पाण्डे एमालेमा प्रवेश गर्नुभएको हो ।

पाण्डेलाई नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा जिल्ला इन्चार्ज बिशाल भट्टराई, केन्द्रीय सदस्य खगेन्द्र राई, रावाबेंसी गाउँपालिका पूर्व अध्यक्ष लिलानाथ निरौला र गाउँपालिकाकी उपाध्यक्ष कौशिला गुरुङ लगायतले अबिर र फूलमाला लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । नवप्रवेशी पाण्डेलाई उचित मूल्यांकन गरेर पार्टीको जिम्मेवारी प्रदान गरिने पोलिटब्युरो सदस्य भट्टराईले बताउनुभयो ।

एमाले नै देशको प्रमुख शक्ति भएकाले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेको कृष्णप्रसाद पाण्डेले बताउनुभएको छ । एमालेमा प्रवेशको औचित्य प्रष्ट्याउदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने सहकारी ठगी प्रकरण मुछिएर जेल चलान भएको  र  राजनीतिमा अपरिपक्व रहेकोले मुलुकको नेतृत्व गर्न असमर्थ रहेकोले एमालेमा प्रवेश गरेको पाण्डेले जानकारी दिनुभएको छ ।

रास्वपाका पालिका

पालिका कमिटी अध्यक्ष यज्ञ नायरायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पोलिटब्यूरो सदस्य भट्टराई, केन्द्रीय सदस्य खगेन्द्र राई, रावाबेंसी गाउँपालिकाका पूर्व अध्यक्ष लिलानाथ निरौला, गाउँपालिका उपाध्यक्ष कौशिला गुरुङ, एमालेका नेताहरु बाबुराम जोशी, बीरेन्द्र मगर, भीम पान्डे, यादव घिमिरे, एल बि मगर, पहलमान मगर, बिष्णु उपरकोटी लगायतको कार्यक्रममा उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर