मंग्सिर २०, २०८२ बिहिबार

डेबिट राई युवा संघको केन्द्रिय सदस्यमा भारी मतसहित विजयी

युवा संघको १० औ अधिवेशन

डेबिट राई युवा संघको केन्द्रिय सदस्यमा भारी मतसहित विजय

पोखरा – पोखरामा सम्पन्न राष्ट्रिय युवा संघ नेपालको १०औं राष्ट्रिय महाधिवेशनबाट डेबिट राई भारी मतका साथ केन्द्रिय सदस्य पदमा विजयी भएका छन्। नेकपा एमाले निकट भातृ संगठनको रूपमा रहेको युवा संघको यस अधिवेशनमा पदाधिकारी र सदस्य चयनका लागि सहमति हुन नसकेपछि डिजिटल भोटिङमार्फत जाने निर्णय गरिएको थियो।

राईले सयौं उम्मेदवारहरूलाई पछि पार्दै केन्द्रिय सदस्यमा अत्यधिक मतसहित निर्वाचित भएका हुन्। २०५५ सालदेखि प्रारम्भिक कमिटी हुँदै २०६४ सालमा अखिल प्रचार विभाग प्रमुखको जिम्मेवारी सम्हालेका राई पछि युवा संघको खोटाङ सचिवालय सदस्यसमेत भइसकेका छन्। यसअघि पनि उनी संघको केन्द्रिय सदस्य रहिसकेका थिए।

युवा संघको १० औ अधिवेशन

खोटाङ जिल्लाको ऐसेलुखर्क गाउँपालिकामा जन्मिएका राई पेशाले सफल निर्माण व्यवसायी हुन् भने सामाजिक सेवामा पनि सक्रिय रहेका छन्। युवाबीच उर्जाशील र सकारात्मक सोच बोकेका व्यक्तिका रूपमा परिचित राई यसपटक राष्ट्रिय अधिवेशनमा भुगोलतर्फबाट सदस्य पदमा उम्मेदवार बनेका थिए।

युवा संघको १० औ अधिवेशन

युवा संघको १० औ अधिवेशन

“यो जित मेरो मात्र होइन, खोटाङका सकारात्मक सोच भएका युवाहरूको जित हो,” राईले मदानी खबरसँगको कुराकानीमा बताए। “देशभरबाट प्रतिनिधित्व गर्दै मतदान गर्नुभएका सबैलाई म यो जित समर्पित गर्न चाहन्छु,” उनले थपे।

विजयपछि उनले भने, “मलाई पदको लालसा कहिल्यै थिएन, तर जिम्मेवारीप्रति सधैं गम्भीर छु।आगामी दिनमा युवा संघ र पार्टिलाई अघाडी बनाउन गम्भिरता,ईमान्दारिता  र जिम्मेवारी पुर्वक आफ्नो भुमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर गर्छु ।

  1. युवा संघको १० औ अधिवेशन

युवा संघको १० औ अधिवेशन

विजयी हुन विशेष मेहेनत गरेको थिइनँ, तर बल्ल थाहा पाए, सबैको मन जितिसकेको रहेछु।”यश ठाउँ सम्म ल्याउन प्रत्यक्ष अप्रत्यक्ष भुमिकाखेल्नु हुने प्रती धन्यवाद व्यक्त गर्दछु ।

युवा संघको १० औ अधिवेशन

युवा संघको १० औ अधिवेशन

देशभर बाट राष्ट्रिय युवासंघ नेपाल को दशौ राष्ट्रिय महाधिबेशनको कुल मतदाता रहेको मध्ये १७६५  थियो । जस मध्ये खसेको  मत १४०४ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

‘साकेला खोटाङ, मेरो गाउँ’ सार्वजनिक : सांस्कृतिक पहिचान झल्काउने मौलिक सिर्जना

  २०८२ मंग्सिर १८, मंगलबार

कविता–सङ्ग्रह ‘घुम्ती बिक्रिमा छ’ लोकार्पण, साहित्यिक विमर्शले रंगियो कुञ्ज थिएटर

  २०८२ मंग्सिर १५, शनिबार

सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखनमा जानुपर्ने किरणको माग

  २०८२ मंग्सिर १२, बुधबार

नेकपा एमालेको भ्रातृ संगठन ‘नेशनल भोलिन्टियर फोर्स’ गठन

  २०८२ मंग्सिर ७, शुक्रबार

बिमल स्मृति राष्ट्रिय कविता प्रतियोगिता–२०८२ : कवि रिजन मायालु प्रथम

  २०८२ कार्तिक २२, बिहिबार

हलेसी तुवाचुङमा शान्ति–सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

  २०८२ असोज १०, बिहिबार

उपरकोटीलाई खोटाङ र सोलुखुम्बु अनेरास्ववियु इन्चार्जको जिम्मेवारी

  २०८२ श्रावण १९, शनिबार

सम्बन्धित खबर