मंग्सिर २०, २०८२ बिहिबार

संघीय सरकारबाट खोटाङका नयाँ सडक र पुल योजनामा बजेट विनियोजन

संघीय सरकारबाट खोटाङका नयाँ सडक र पुल योजनामा बजेट विनियोजन

खोटाङ, असार २१/ मदानी खबर

संघीय सरकार अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले खोटाङ जिल्लाका केही नयाँ सडक तथा पुल योजनाहरूका लागि बजेट छुट्याएको छ। चालु आर्थिक वर्षका लागि जिल्लाभित्र पर्ने विभिन्न पाँच योजनामा गरी २३ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ।

संघीय सरकारको टिम संग नेता विशाल भट्टराईको टिम

बजेट प्राप्त गरेका योजना निम्नानुसार छन्:

बिजुले – खार्पा – कुभिन्डे – ऐसेलुखर्क सडक: ११ करोड रुपैयाँ

खोटाङबजार – पन्चमीबजार सडक तथा पुल: ३ करोड रुपैयाँ

तापखोला पुल (जोरढुङ्गा: दिक्तेल–११ र केपीलासगढी जोड्ने): ३ करोड रुपैयाँ

दिक्तेल – खाल्ले – आहाले – रेग्मीटार सडक: ३ करोड रुपैयाँ

खानीडाँडा एयरपोर्ट – मझुवा – चाम्लिङचोक सडक: ३ करोड रुपैयाँ रहेको छ ।

विकास योजनाहरूलाई समयमै बहुवर्षीय ठेक्कामार्फत कार्यान्वयनमा ल्याउन सकिएमा, र प्रदेश तथा स्थानीय तहबाट सञ्चालित योजनाहरूसँग समन्वय गर्न सकेमा, यी पूर्वाधार योजनाहरू खोटाङ जिल्लाको समग्र विकासका लागि महत्त्वपूर्ण साबित हुने संविधान सभा सदस्य तथा एमाले नेता विशाल भट्टराईले बताउनु भयो ।

संघीय सरकार संग नेता भट्टराईको टोलि 

सार्वजनिक निर्माण कार्यमा तीन तहका सरकारबीचको सहकार्य अपरिहार्य रहेको नेता भट्टराईले धारणा व्यक्त गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

‘साकेला खोटाङ, मेरो गाउँ’ सार्वजनिक : सांस्कृतिक पहिचान झल्काउने मौलिक सिर्जना

  २०८२ मंग्सिर १८, मंगलबार

कविता–सङ्ग्रह ‘घुम्ती बिक्रिमा छ’ लोकार्पण, साहित्यिक विमर्शले रंगियो कुञ्ज थिएटर

  २०८२ मंग्सिर १५, शनिबार

सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखनमा जानुपर्ने किरणको माग

  २०८२ मंग्सिर १२, बुधबार

नेकपा एमालेको भ्रातृ संगठन ‘नेशनल भोलिन्टियर फोर्स’ गठन

  २०८२ मंग्सिर ७, शुक्रबार

बिमल स्मृति राष्ट्रिय कविता प्रतियोगिता–२०८२ : कवि रिजन मायालु प्रथम

  २०८२ कार्तिक २२, बिहिबार

हलेसी तुवाचुङमा शान्ति–सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

  २०८२ असोज १०, बिहिबार

उपरकोटीलाई खोटाङ र सोलुखुम्बु अनेरास्ववियु इन्चार्जको जिम्मेवारी

  २०८२ श्रावण १९, शनिबार

सम्बन्धित खबर