मंग्सिर २१, २०८० बिहिबार

प्रचण्ड द्धारा केपी ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव

काठमाण्डौँ, १२ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेको बताएका छन्।प्रधानमन्त्री देउवाले ओलीलाई भेटेलगत्तै प्रचण्ड संसद भवनस्थित एमाले संसदीय दलको कार्यकक्षमा ओली भेट्न पुगेका थिए। छलफलमा एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल र सुवास नेम्बाङ तथा माओवादी केन्द्रबाट शक्तिबहादुर बस्नेत, देव गुरूङ र नारायणकाजी श्रेष्ठ थिए ।तत्कालीन नेकपामा एउटै पार्टीमा भएका ओली–प्रचण्डबीच पार्टी विभाजनपछि तिक्ततापूर्ण सम्बन्ध रहँदै आएको छ ।ओली र प्रचण्डबीच देखिएको व्यक्तित्वको टकरावले संसदमा बहुमत प्राप्त दल नेकपा फुटेको थियो ।तर एमसीसीबारे छलफल गर्न बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएपछि प्रमुख दलका शीर्ष नेताबीच निरन्तर भेटवार्ता चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

नवौ उद्योग दिवसको अवसर पारेर घरेलु तथा साना उद्योग कार्यालय खोटाङ द्वारा उद्योमी सम्मान

  २०८० मंग्सिर ९, शनिबार

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान खोटाङ जिल्लामा सुरु यस्तो छ सेडुल

  २०८० मंग्सिर ९, शनिबार

केपिलास गढी गापामा आगो लागिबाट सख्त घाईते सरिताको गाउँपालिकाले उपचार गरिदिदै

  २०८० मंग्सिर ४, सोमबार

सोलुखुम्बुको एक आश्रममा आगलागी हुँदा २५ लाखको क्षति

  २०८० मंग्सिर ३, आइतबार

सोल्मा समाजिक गुठिले राष्ट्रिय र स्थानिय कलाकारको प्रस्तुति सहितको कार्यक्रम गर्दै

  २०८० कार्तिक २१, मंगलबार

सुक्रबार राती भूकम्पमा परेर उपमेयरको मृत्यु

  २०८० कार्तिक १८, शनिबार

मध्य राति ६.४ म्याग्निच्युडको भूकम्प

  २०८० कार्तिक १८, शनिबार

सम्बन्धित खबर