बैसाख ५, २०८२ बिहिबार

एमसीसी सम्झौताबारे छलफल गर्न आज प्रतिनिधिसभाको बैठक बस्दै

 

 

१३ फागुन, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।  अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि आज बैठक बोलाइएको हो ।

एमसीसी सम्झौताबारे छलफल गर्नका लागि बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरी आजका लागि सारिएको हो । बैठक आज १ बजे बस्नेछ ।

बिहीबार बैठकको कार्यसूची तय गर्न कार्य व्यवस्था परामर्श समितिको बैठकसमेत बसेको थियो तर अन्तिम समयमा आएर सोही बैठकमा सरकारले एक दिनको समय मागेपछि संसद बैठक आजलाई सारिएको हो।

एमसीसीबारे संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीच अझै सहमति हुनसकेको छैन । बिहीबार दिनभर प्रधानमन्त्री शेरबहादुर देउवा र सरकार सक्रिय भए पनि कुनै सहमति भएको छैन । सत्तारुढ दलहरू विभाजित भएका छन्, गठबन्धन कायम रहने नरहने अनिश्चित छ ।

सत्तामै रहेको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीको विरुद्धमा छन् । जनता समाजवादीको उपेन्द्र यादव पक्ष पनि विपक्षमै देखिएपछि प्रधानमन्त्री देउवाले गठबन्धनलाई छोडेर एमालेसँगको छलफल अघि बढाएका छन् ।

पछिल्लो समय सरकार(नेपाली कांग्रेस र नेकपा एमाले, माओवादी र नेकपा एमालेबीच पनि पटकपटक छलफल र वार्ता भएको छ । तर, कुनै सहमति भइनसकेको नेताहरूले प्रतिक्रिया दिएका छन् । साभार onlinekhabr

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

नेपाल नेत्रज्योति संघ को बार्शिक उत्सब

नेत्रज्योति संघ खोटाङले ४७ औ नेत्रज्योति दिवस यसरी मनायो

  २०८१ चैत्र १३, बुधबार

कुलमान घिसिङलाई हटाएको भन्दै माओबादी केन्द्र केपिलासगढी पालिका कमिटी द्वारा राके जुलुस

  २०८१ चैत्र १३, बुधबार

केपिलासगढीका स्वास्थ्य चाैकिलाई ल्यापटप बितरण

  २०८१ चैत्र ५, मंगलबार

केपिलासगढी गाउँपालिकामा ३ दिने निशुल्क आँखा शिविर

  २०८१ चैत्र ४, सोमबार

नेकपा (एमाले) खोटेहाङ गाउँपालिका काठमाडौ सम्पर्क मञ्चको नियमित बैठक,यस्तो छ निर्णयहरु

  २०८१ चैत्र ४, सोमबार

डढेलोले ६ घर एक बिध्यालय जल्यो

  २०८१ चैत्र ४, सोमबार

बानेश्वर बहुमुखी क्याम्पसको  (स्ववियु) निर्वाचनमा सचिवमा काेपिला राईको उम्मेदवारी

  २०८१ चैत्र २, शनिबार

सम्बन्धित खबर