माघ २९, २०८२ मंगलबार

गठबन्धन बिरुद्ध चुनावि लडाईमा एक्लै भिड्दै एमाले ,उमेद्धारी छनोट र घरदैलो कार्यक्रममा ब्यस्त

खोटाङ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै स्थानीय तहहरुमा चुनावी माहौल बढ्न थालेको छ । चुनावको घोषणा भएसँगै नेताहरू टोल समिति गठन गर्ने, कार्यकर्ताका बिचमा चुनावी एजेन्डा तय गर्ने तथा भेटघाट कार्यक्रमलाई पनि तीव्रता दिन थालेका छन् ।

देशभर पाँच दलिय गठबन्धन बिरुद्ध नेकपा एमाले खोटाङले एक्लै चुनावी लडाईकालागी स्थानिय तहका नगरपालिका तथा गाउँपालिकाका टोल टोलमा उमेद्धारी छनोट तथा घरदैलो कार्यक्रम लाई तिब्ररुपमा बढाएको छ । दुई ओटा नगरपालिका र आठ ओटा गाउँपालिका रहेको खोटाङ जिल्लाका नगरपालिका र गाउँपालिकामा सर्बसम्बत ढंगले उमेद्धारी छनोट गर्ने नेकपा एमाले खोटाङले निति सारे संगै सबै तहमा उमेद्धारी छनोट तथा घरदैलो कार्यक्रम लाई तिब्ररुपमा बढाएको हो ।

सर्बसम्बत ढंगले उमेद्धारी छनोट गर्ने नेकपा एमाले खोटाङले निति सारे संगै केही वडाहरुमा सर्बसम्बत ढंगले उमेद्धारी छनोट भै सकेको छ । यसैविचमा नेकपा एमाले दिप्रुङ चईचुम्मा गाउँपालिका खोटाङमा पालिकाको उमेद्धारी बारेमा छलफल सुरु भएको छ । सोमवार दिप्रुङ चुईचम्मा गाउपालिका १ याम्खा टोल समिति गठन तथा उमेद्धारी छनोट कार्यक्रममा पालिकाको बिभिन्न पदका उम्मेद्वारी बारेमा छलफल भएको नेकपा एमाले जिल्ला कमिटि सदस्य युवा संघका केन्द्रीय सदस्य विलोद संसार राईले मदानि खबरलाई बताउनु भएको हो ।

खोटाङको नेकपा एमालेका दिप्रुङ चईचुम्मा गाउँपालिकामा केन्द्र,संघ,प्रदेश र जिल्ला तहमा प्रतिनिधत्वि गर्ने नेता कार्यकतार्ता गाउँ केद्रित भएर नेकपा एमालेलाई जिताउन तयारी थालेको स्रोतले बताएका छन । नेकपा एमालेका दिप्रुङ चईचुम्मा गाउँपालिकामा अहीले सम्म पालिका अध्यक्षको आकांक्षि चार जना (लोकेन्द्र राई ,बीनोद सन्सार राई ,ईन्द्र दंगाल,शिवराज राई , रहेको स्रोतले बताएको छ । पार्टीले आफूलाई विश्वास गरेर टिकट दिएमा दिप्रुङ चईचुम्मा गाउँपालिकामा आफूले चुनाव जित्ने उहाँहरुको दाबी छ । साथै आफुहरु मध्ये जो कोहीलाई टीकट दिएपनि एकढिक्का भएर चुनाब जित्न लागी पर्ने धारणा ब्यक्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार
वडा अध्यक्ष लिला चाैहान पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी–८ का वडाध्यक्ष चौहान प्रहरी हिरासतमा

  २०८२ पुष २१, आइतबार
पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

  २०८२ पुष २०, शनिबार

सम्बन्धित खबर