फागुण २२, २०८२ बिहिबार

कांग्रेस नगरको उम्मेद्वार टुंग्याउन नगर सभापति र उपसभापतिको आ आफ्नै सिफारिस

खोटाङ, ८ बैसाख । सत्तारुढ दलको चुनावी तालमेलका क्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयर कांग्रेसको भागमा प¥यो । नेकपा माओवादी केन्द्रले उपमेयर लिने गठबन्धन दलको सम्झौता भएको छ । नेकपा माओवादी केन्द्रलाई आफ्नो भागमा परेको उम्मेद्वार छान्न समस्या देखिन्न तर आफ्नो मागमा परेको मेयरमा योग्य र बलियो उम्मेद्वार छान्न कांग्रेसलाई भने हम्मे परिरहेको छ ।
१५ वडा रहेको नगरपालिकामा कांग्रेसभित्र मेयरको दर्जन बढी आकांक्षी छन् । यद्यपी केही समयअघि कांग्रेसको नगर समितिले केही समयअघि तिर्थराज भट्टराईलाई सर्वसम्मत मेयरको एकल उम्मेद्वार सिफारिस गरेको भनिएको केही दिन नबित्दै पुःन आठ जनाको नाम सिफारिस गरिएको खुलेको छ । ६ बैसाखमा बसेको नगर कार्यसमितिका पदाधिकारीको बैठकले कुमार पुरी, नारायण राई (निसान), राजनसेर राई, रुद्र गिरी, रोजन राई, श्यामकुमार राई, भिषण राई र रामकुमारी राईको नाम प्रदेश क्षेत्रीय कार्य समिति (क) र (ख) का सभापति समक्ष सिफारिस गरिएको सिफारिस पत्रमा उल्लेख छ । कांग्रेस जिल्ला कार्य समिति, प्रदेश कार्य समिति र केन्द्रिय कार्य समितिलाई बोधार्थ पठाइएको सिफारिस पत्रमा कांग्रेस नगर उपसभापति अनिता राईले हस्ताक्षर गरेकी छन् ।

 


५ बैसाखमा बसेको नगर कार्य समितिको बैठकले भने भट्टराईको मात्र नाम सिफारिस गरेको थियो । भट्टराई कांग्रेसका जिल्ला उपसभापति हुन् । सिफारिसमा परेकामध्ये राजनसेर २०७४ सालको स्थानीय तह निर्वाचनको कांग्रेसका उम्मेद्वार थिए । उनी एमालेका दिपनारायण रिजालसँग पराजित भएका थिए । ५ बैसाखमा विधान विपरित एक जनाको मात्र नाम मेयरमा सिफारिस गरिएकाले अन्य आकांक्षीको नाम सिफारिस गर्नुपरेको नगर उपसभापति राईले बताईन् । १६ जना आकांक्षी रहेको नगरमा एक जनाको मात्र नाम सिफारिस भएपछि अन्य आकांक्षी असन्तुष्ट बनेको श्रोतले जनाएको छ ।
कांग्रेसको विधान अनुसार नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेद्वारीका लागि नगरपालिका कार्यसमितिले योग्यता पुगेको व्यक्तिमध्येबाट प्रमुखको लागि एक महिला सहित बढीमा तीन जना र उपप्रमुखको लागि एक महिलासहित बढीमा तीन जना सहमति हुन सकेमा सहमती अनुसार र सहमति हुन नसके बहुमतबाट निर्णय गरी सिफारिस गर्नुपर्नेमा सुरुमा विधान विपरित एक जनाको मात्र नाम सिफारिस गरिएकाले समस्या सिर्जना भएको कांग्रेस नेता रोजन राईले बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार
वडा अध्यक्ष लिला चाैहान पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी–८ का वडाध्यक्ष चौहान प्रहरी हिरासतमा

  २०८२ पुष २१, आइतबार
पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

  २०८२ पुष २०, शनिबार

सम्बन्धित खबर