मंग्सिर १४, २०८० बिहिबार

राप्रपा नगर कमिटि द्धारा मेयर र उपमेयरका आकांक्षीको नामावली सिफारिस

राप्रपाको दिक्तेलबजारमा स्थापना गरिएको सम्पर्क कार्यालय

राप्रपाको दिक्तेलबजारमा स्थापना गरिएको सम्पर्क कार्यालय

खोटाङ, ८ बैसाख । राष्ट्रिय प्रजातन्त्र पार्टी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आसन्न स्थानीय तहको निर्वाचनका लागि मेयर र उपमेयरका आकांक्षीको नामावली सिफारिस गरेको छ । कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादी सम्वद्ध गठबन्धन र नेकपा एमालेले हालसम्म उम्मेद्वारको टुंगो लगाउन नसकिरहेको अवस्थामा राप्रपा नगर कमिटिले मेयरमा जीवनकुमार श्रेष्ठ, ललितकुमार राई र विनोद बस्नेत तथा उपमेयरमा चन्द्रकुमारी राई तारा, टिकाकुमारी खत्री र भरुमायाँ विश्वकर्माको नाम सिफारिस गरेको हो । बिहिबार दिक्तेलमा राष्ट्रिय प्रजातन्त्र पार्टीको सम्पर्क कार्यालय उद्घाटनका क्रममा राप्रपाले नगरपालिकाको उम्मेद्वारको नाम जिल्ला कार्य समिति समक्ष सिफारिस गरेको जानकारी दिएको हो ।

उम्मेद्वारमा सिफारिस भएका श्रेष्ठ राप्रपाका निवर्तमान जिल्ला अध्यक्ष र राई वर्तमान जिल्ला अध्यक्ष हुन् । बस्नेत क्षेत्र ९ख० का अध्यक्ष हुन् । यस्तै, उपमेयरमा सिफारिस भएकी विश्वकर्मा राप्रपाकी जिल्ला कोषाध्यक्ष, राई राप्रपाको दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटि अध्यक्ष र खत्री नगर कमिटि उपाध्यक्ष हुन् ।खोटाङमा दुई नगरपालिका र आठ गाउँपालिका छन् । जिल्लाका अन्य स्थानीय तहबाट पनि आकांक्षीको नामावली सिफारिस भएर आएको राप्रपाका जिल्ला अध्यक्ष राईले बताए । सिफारिस भएर आएका नामावलीमध्येबाट सहमतीमा उम्मेद्वारको टुंगो लगाइने राप्रपाले जनाएको छ ।

 

राप्रपाको दिक्तेलबजारमा स्थापना गरिएको सम्पर्क कार्यालय
राप्रपाको दिक्तेलमा स्थापना गरिएको सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ। दिक्तेलबजारमा स्थापना गरिएको सम्पर्क कार्यालयको बिहीबार राप्रपाका केन्द्रीय सदस्य तथा सूचना प्रविधि विभाग प्रमुख रबिन चाम्लिङले उद्घाटन गरेका छन्।
पार्टी कार्यालय उद्घाटन गर्दै चाम्लिङले मेची महाकालीमा जस्तै यहाँ पनि राप्रपा पार्टीलाई जनताबाट स्वस्फुर्त ऊर्जा मिल्ने अपेक्षा गरेर केन्द्रबाट आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

नवौ उद्योग दिवसको अवसर पारेर घरेलु तथा साना उद्योग कार्यालय खोटाङ द्वारा उद्योमी सम्मान

  २०८० मंग्सिर ९, शनिबार

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान खोटाङ जिल्लामा सुरु यस्तो छ सेडुल

  २०८० मंग्सिर ९, शनिबार

केपिलास गढी गापामा आगो लागिबाट सख्त घाईते सरिताको गाउँपालिकाले उपचार गरिदिदै

  २०८० मंग्सिर ४, सोमबार

सोलुखुम्बुको एक आश्रममा आगलागी हुँदा २५ लाखको क्षति

  २०८० मंग्सिर ३, आइतबार

सोल्मा समाजिक गुठिले राष्ट्रिय र स्थानिय कलाकारको प्रस्तुति सहितको कार्यक्रम गर्दै

  २०८० कार्तिक २१, मंगलबार

सुक्रबार राती भूकम्पमा परेर उपमेयरको मृत्यु

  २०८० कार्तिक १८, शनिबार

मध्य राति ६.४ म्याग्निच्युडको भूकम्प

  २०८० कार्तिक १८, शनिबार

सम्बन्धित खबर