भाद्र २९, २०८३ आइतबार

निर्वाचन आचार संहिता उल्लंघन गर्दै चलाइएको जिससको गाडी युवा संघको नियन्त्रणमा

निर्वाचन आचार संहिता उल्लंघन गर्दै चलाइएको जिससको गाडी युवा संघ खोटाङले नियन्त्रणमा लिएको छ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवगढी नगरपालीका अन्तर्गत वडा नम्बर ८ मा बा १ झ ६७१६ नम्बरप्लेट रहेको जिल्ला समन्वयको गाडी युवा संघले नियन्त्रणमा लिई प्रहरिलाई बुझाएको हो ।

बैशाख ३० गत्ते सम्पन्न हुन लागिरहेको स्थानीय तहको निर्वाचनको लागि गत चैत्र २५ गत्ते बाट आचारसंहिता लागू भएसङै सरकारी सवारीसाधन जनप्रतिनिधी तथा कर्मचारीले सरकारी नम्बर प्लेटका सवारीसाधन अफिसको टाईम बाहेक राजनैतिक कार्यक्रम तथा अन्य प्रयोजनकालागी जिल्ला प्रशासन कार्यालय बाट पास लिएर मात्रै प्रयोग गर्न पाउने जिल्ला प्रशासन कार्यालय खोटाङका प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहालले बताए ।

तर आचारसंहिता उल्लंघन तथा बिदाको दिन बिना पास सरकारी सवारीसाधनको दुरुपयोग गरेको भन्दै जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ र नेकपा एसका जिल्ला नेता कुलप्रसाद फुयाल सवार जिल्ला समन्वय खोटाङको गाडि शनिबार साझ दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका ८ बानाचुङ पुगेको अवस्थामा नेकपा एमालेका सचिवालय सदस्य तथा युवा संघ सगरमाथाका ईन्चार्ज दिल चक्र राई तथा नेपाल खेलकुद महासंघका अध्यक्ष तथा युवा संघ खोटाङका महेश राईको नेतृत्वमा रहेको युवा संघको टोलिले गाडिको साचो नियन्त्रणमा लिई प्रहरिलाई बुझाएको राईले मदानी खबर संग बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर