श्रावण १, २०८२ मंगलबार

उम्मेदवार बनाउने निर्णय गलत भएको भन्दैकांग्रेसका कार्यकर्ता आन्दोलित

खोटाङ , दिक्तेलका सबै वडा कमिटी, नगर कमिटी र जिल्ला कमिटीले जिल्ला उपसभापति तिर्थराज भट्टराईलाई सिफारिस गरेको भएपनि महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेलाई मेयरको उम्मेदवार बनाएपछि कार्यकर्ता आन्दोलित भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नगरप्रमुखको उम्मेदवार बनाउने निर्णय गलत भएको भन्दै सोमबार विहान नेपाली कांग्रेसका कार्यकर्ता आन्दोलित भएका हुन् ।

नेपाली कांग्रेस एक नम्बर प्रदेश कमिटीले दिक्तेलको नगरप्रमुखमा पोखरेलाई उम्मेदवार बनाएपछि नेपाली कांग्रेस जिल्ला कार्य समितीको कार्यालयमा तालाबन्दी गरेका हुन् । प्रदेश कमिटीले पैसा, मासु रक्सिमा बिकेर सिफारिसमा नपरेको व्यक्तिलाइ नगरप्रमुखको टिकट दिएपछि कार्यकर्ता आन्दोलनमा उत्रनु परेको कांग्रेस दिक्तेल नगर कमिटीका सभापति प्रकाश श्रेष्ठले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “प्रदेश समितिले दिक्तेलको नगरप्रमुखको टिकट तिर्थ भट्टराईलाई नदिए कडा आन्दोलन गर्ने छौँ।झझ

उता, एक नम्बर प्रदेशका महामन्त्री उमेश थापाले दिक्तेलको नगरप्रमुखको टिकटमा कार्यकर्ताको असहमति भई आन्दोलन थालेकाले उक्त निर्णयमा पुन विचार गर्न प्रदेश समितिको बैठकमा छलफल भइरहेको मदानी खबरलाई बताउनुभयो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

मोबाईल चार्जर बाट निकाल्ने क्रममा करेन्ट लागि एक महिलाको मृत्युु

  २०८२ असार ३१, सोमबार
रक्तदान गरेर मनाइयो मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २६औं स्थापना दिवस

रक्तदान गरेर मनाइयो मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २६औं स्थापना दिवस

  २०८२ असार ३०, आइतबार

ऐसेलुखर्क गाउँपालिकाको नव निर्मित प्रशासकीय भवन उद्घाटन

  २०८२ असार २८, शुक्रबार

विनेसाम जापानको छैटौँ स्थापना दिवस तथा गजल सन्ध्या सम्पन्न

  २०८२ असार ७, शुक्रबार

१२ कोठे विद्यालय भवन ६ महिनामै निर्माण सम्पन्न

  २०८२ असार ३, सोमबार

खोटाङ्कि टिकटकर रमा बस्नेत पक्राउ

  २०८२ असार २, आइतबार

हलेसी तुवाचुङ नगरपालिका द्वारा कोदोको परिकार सम्बन्धि सीप विकास तालिम सम्पन्न

  २०८२ जेठ ३२, शुक्रबार

सम्बन्धित खबर