माघ १, २०८२ मंगलबार

खोटाङमा चुनाबको माहोल तात्तीयो चार दलिय गठबन्धनका दुई दर्जन बढी नेता कार्यकर्ताएमालेमा प्रवेश

खोटाङमा चुनाबको माहोल तात्तीयो चार दलिय गठबन्धनका दुई दर्जन बढी नेता कार्यकर्ताएमालेमा प्रवेश गराएका छन 

८ वटा गाउपालिका २ वटा नगरपालिका गरी १० स्थानिय तहरहेको खोटाङ जिल्लामा बैसाख ३० अर्थात स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा दलहरु भने जनताको घर गाउ तिर भेटघाट तथा भोट आफ्ना उमेद्धारलाई जिताउन माग्न ब्यस्त हीड्न थालेकाछन । नेपाली कांग्रेस,नेकपा माओबादि केन्द्र,नेकपा एस,जनता समाजबादि पार्टी गरी चार दलिय गठबन्धन बिरुद्ध नेकपा एमाले एक्लै चुनाबी मैदानमा लडन तयार भै रहेको छ । दैनिक रुपमा अन्य पार्टि बाट नेकपा एमालेमा प्रबेश गराउदै भोटको पक्कापक्की गदै एमाले खोटाङले नयाँ चुनावी रणनिति अघी सारेको छ ।


यसैक्रममा खोटाङ जिल्लाको अतीनै महत्वपुर्ण रुपमा हेरीएको दिक्तेल रुपाकोट मझुवागढि नगरपालिका वडा नम्बर ५ लफ्याङ स्थीत मेघे चौतारामा शनिबार वडा कमिटि द्धारा आयोजित चुनावि आमसभा गर्ने क्रममा नेपाली कांग्रेस,नेकपा माओबादि केन्द्र,नेकपा एस,जनता समाजबादि पार्टी गरी दुई दर्जन बढी नेता कार्यकर्ता प्रवेश गराएका छन ।

प्रवेश गरीएका हरुमध्येबाट प्रतिनिधित्व गर्दै नबप्रवेशी प्रवीण राईले चार दलिय गठबन्धनले सत्ता प्राप्तीकालागी मात्र लागी पर्नेहरुको समुह भएको कारण नेकपा एमाले मात्रै यो देश र समाजकालागी प्रवेश गरेको घोषणा गर्नु भयो ।
चार दलिय गठबन्धनको तर्फबाट मेयर पदमा तिर्थ भट्टराई र उपमेयरमा बिशन राई रहेको छ । भने नेकपा एमालेको तर्फबाट कुमार प्रसाद् आचार्य र उपमेयर विणादेवी राई उठेकाछन ।

नेकपा एमालेले हरेक पालिकामा एक महीला एक पुरुष,एक महिला सदस्य,एक दलित सदस्य,दुई खुल्ला सदस्य को निती अबलम्बन गरेपनि गठबन्धन दलले अधिकांस ठाउमा छुटाएको पाईएको छ ।
नगरपालिकाको वडा नम्बर ५ लफ्याङमा एमालेले वडाका उमेद्धारीमा गोबिन्द बहादुर कटुवाल ,खुल्ला महीला सदस्य सशीकला राई, दलित महीला सदस्य विना परीयार दलित खुल्ला सदस्य भिम बहादुर बिक,जनक मुग्राति गरी ३ दलित सदस्यहरु समेटेर उठाईएको छ ।कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा पुर्व सामाजिक मन्त्री उषकला राई,नेकपा एमाले प्रदेश कमिटि सदस्य सर्बधन राई, एमाले खोटाङका सचिव तथा नगरका मेयर उमेद्धार कुमार आचार्य, उपसचिव दिपनारायण रीजाल एमालेका सचिवालय सदस्य तथा पुर्व नगर उपप्रमुख तथा अहीलेका उमेद्धारी वीणदेवी राई लगाएत नेता कार्यकताहरुको मन्तब्य तथा उपस्थीतीमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार
वडा अध्यक्ष लिला चाैहान पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी–८ का वडाध्यक्ष चौहान प्रहरी हिरासतमा

  २०८२ पुष २१, आइतबार
पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

  २०८२ पुष २०, शनिबार

खोटाङमा अशक्त वृद्ध दम्पतीको घरमा लुटपाट

  २०८२ पुष ९, मंगलबार

वडामा आएको बजेट विवादका क्रममा काकाद्वारा भतिजा माथी वडा कार्यालय परिसरमा हातपात

  २०८२ पुष ५, शुक्रबार

‘साकेला खोटाङ, मेरो गाउँ’ सार्वजनिक : सांस्कृतिक पहिचान झल्काउने मौलिक सिर्जना

  २०८२ मंग्सिर १८, मंगलबार

सम्बन्धित खबर