जेठ १०, २०८२ बिहिबार

 खोटाङमा नेकपा एमालेले आफ्नो विजय शुरुवात

 खोटाङमा नेकपा एमालेले आफ्नो विजयी शुरुवात गरेको छ

खोटेहाङ गाउँपालिका–५ चिप्रिङको दलित महिला सदस्यमा नेकपा एमालेको उम्मेद्वार बच्चीमायाँ परियार निर्विरोध निर्वाचित भएकी हुन् । अन्य पार्टीले दलित महिला सदस्यमा उम्मेदवारी दिन नसकेकाले चिप्रिङमा ६५ वर्षीय बच्चीमायाँ निर्विरोध निर्वाचित भएकी निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालय खोटेहाङ गाउँपालिकाले शुक्रबार सूचना टाँस गर्दै दलित महिला सदस्य पदको निर्वाचनमा उम्मेद्वार हुन मनोनयनपत्र दाखिला भएका परियारलाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएको घोषणा गरेका छन् ।
चिप्रिङमा केही एक घर मात्र दलित परिवारको बसोबास रहेको छ । सिंगो वडामा दलितको एक मात्र परिवार भएकाले अन्य दलले दलित महिला कोटामा उम्मेद्वार उठाउन नसकेको हो । निर्वाचन आयोगको मतदातासूचीमा बच्चीमायाँ सहित उनका श्रीमान पूर्णबहादुर दमाई, छोरी कमला, छोरा प्रकाश र बिकास परियारको नाम उल्लेख छ । अर्का छोरी सर्मिला बिवाह गरेर अन्यत्र गइसकेकी छन् । बिवाह गरिसकेकी छोरी निर्मला अपांग छिन् । प्रकाश बैदेसिक रोजगारीका सिलसिलामा बिदेशमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

महुरे फोक्सिङटार कालोपत्रेको मत्री दाहाल द्वारा शुभराम्भ

महुरे–फोक्सिङटार सडक कालोपत्रेको मन्त्री दाहाल द्वारा सुभराम्भ

  २०८२ जेठ ६, आइतबार

“बिर्सिएकाे मायालुलाई सम्झदै ऋजन मायालुले ल्याए म्युजिक भिडियाे!”

  २०८२ जेठ ६, आइतबार

राष्ट्रिय स्वतन्त्र पार्टी रावाबेंसी गाउँपालिकाका सभापति कृष्णप्रसाद पाण्डे एमालेमा प्रवेश

  २०८२ जेठ ३, बिहिबार

युवा संघ खोटाङले छान्यो निर्विरोध प्रतिनिधि

  २०८२ बैसाख ३०, सोमबार
खोटाङ हलेसी काठमाडौ सेवा समाज

खोटाङ  हलेसी सेवा समाज काठमाडौको  आठाै साधारण सभा

  २०८२ बैसाख २९, आइतबार

बाराहापोखरी गाउँपालिकालाई  २६ वटा प्रश्न उठेपछी

  २०८२ बैसाख २७, शुक्रबार
नेपाल नेत्रज्योति संघ को बार्शिक उत्सब

नेत्रज्योति संघ खोटाङले ४७ औ नेत्रज्योति दिवस यसरी मनायो

  २०८१ चैत्र १३, बुधबार

सम्बन्धित खबर