श्रावण १२, २०८१ शनिबार

दुई शसक्त महिला उम्मेदवारले मेयरमा बाजी मारे

दुई शसक्त महिला उम्मेदवारले मेयरमा बाजी मारे

दुई शसक्त महिला उम्मेदवारले मेयरमा बाजी मारे

स्थानीय तहको निर्वाचनमार्फत खोटाङका दुई स्थानीय तहको प्रमुखमा महिला विजयी भएका छन् । चार स्थानीय तहमा महिला उम्मेदवार उठाइएकामा हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा बिमला राई र जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा अरुणादेबी राई विजयी भएका हुन् ।

जिल्लाका स्थानीय तहले पहिलोपल्ट महिला नेतृत्व पाएको हो । बिमला कांग्रेस र अरुणादेबी माओवादी केन्द्रकोतर्फबाट मेयर र अध्यक्षमा चुनिएकी हुन् । एमालेका उम्मेदवार खडेन्द्र राईलाई ३५१ मतले पछि पार्दैै बिमलाले मेयरमा बाजी मारेकी हुन् । मेयरका लागि बिमलाले ६३१७ मत र खडेन्द्रले ५९६६ मत पाएकी छन् ।

विमलाले एमाले र माओवादी केन्द्रको गठबन्धनलाई तोडेर मेयरमा बाजी मारेकी हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपमेयरमा बिजयी बनेकी बिमला यसपल्ट मेयरमा फड्को मारेकी हुन् ।

गठबन्धनकी अरुणादेबीले एमालेका शंखरबहादुर राईभन्दा ३०६ मत बढी पाएर अध्यक्षमा विजयी भएकी हुन् । अरुणादेबीले २८८१ मत पाउँदा शंखरबहादुरले २५७५ मत पाएका छन् ।

माओबादी केन्द्रले २०७४ सालको निर्वाचनमा पनि अरुणादेबीलाई प्रमुखको उम्मेदवार बनाएको थियो । अघिल्लो निर्वाचनमा पाँच स्थानीय तहमा महिलालाई प्रमुखको उम्मेदवार बनाएको माओवादी केन्द्रले यसपल्ट भने जन्तेढुंगामा मात्र महिलालाई प्रमुखको उम्मेदवार बनाएको थियो । महिला नेतृत्वको कार्यसम्पादनलाई सबैले चासोका साथ हेरेका छन् ।

खोटेहाङ गाउँपालिकाको अध्यक्षमा एमालेकातर्फबाट उठाइएका कविता राई र बराहपोखरी गाउँपालिकाको अध्यक्षमा एमालेबाटै उठेकी गोमा मगर भने पराजित भएकी छन् । कविता माओवादी केन्द्रका उदिमबहादुर राईभन्दा ३८ मत कम पाएर पराजित भएकी हुन् ।

गठबन्धनका उदिमबहादुरले ३७२८ र कविताले ३६९० मत पाए । गोमा कांग्रेसका शलिाराम बञ्जराभन्दा ८५१ मतले पछि परेकी हुन् । बञ्जराले ३१८१ मत र मगरले २३३० मत प्राप्त गरेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपाध्यक्षमा विजयी भएका कविता र गोमालाई यसपल्ट एमालेले अध्यक्षको उम्मेदवार बनाएको थियो ।

दिप्रुङ चुईचुम्मा गाउँपालिकामा उपाध्यक्षमा एमालेकी अरुणा थापा मगर, रावाबेँसी गाउँपालिकाको उपाध्यक्षमा एमालेकी कौशिलादेबी गुरुङ र साकेला गाउँपालिकामा माओवादी केन्द्रकी बिर्सिका राई उपाध्यक्ष चुनिएकी छन् । गठबन्धनका कारण यसपल्ट महिला उपाध्यक्षको संख्या घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

गणेश राई संग नेता भट्टराई लागायत नेता कार्यकर्ता

नेता बिशाल भट्टराईको सहयोगमा खोटाङका फरक क्षमता भएका व्यक्ति पुन काममा फर्किए

  २०८१ श्रावण ११, शुक्रबार

धान रोपाईको प्रेम कहानी “टारि खेतमा “अर्जुना राईले म्युजिक भिडियो द्वारा सार्वजनिक

  २०८१ असार ३१, सोमबार

प्रदेश स्तरिय महिला फुटबल प्रतियोगीतामा झापा बिजेता बनेको छ

  २०८१ असार २५, मंगलबार

केएफए खेलकुद पत्रकारिता पुरस्कार भट्टराईलाई

  २०८१ जेठ १२, शनिबार

ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्नलाई पक्राउ गरी सार्वजनिक

  २०८१ जेठ ६, आइतबार

खोटाङ्का ट्राफिक प्रहरी मृत अवस्थामा फेला

  २०८१ जेठ ५, शनिबार

प्रथम अध्यक्ष कप’ महिला/पुरुषप्रतियोगीताको उपाधी पुरुष तर्फ दमक महिला भोजपुर आमचोक

  २०८१ जेठ १, मंगलबार

सम्बन्धित खबर