जेठ १०, २०८२ बिहिबार

निर्वाचित खोटाङका मेयर र अध्यक्षहरुले सपथ ग्रहण गरे

सपथ ग्रहण

सफत ग्रहन फोटो

स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित खोटाङका मेयर र अध्यक्षहरुले सपथ ग्रहण गरेका छन्।

३० बैशाखमा भएको निर्वाचनबाट निर्वाचित मेयर र अध्यक्षले दिक्तेलस्थित जिल्ला समन्वय समितिको हलमा शुक्रबार दिउँसो सपथ ग्रहण गरेका हुन्। निर्वाचित जनप्रतिनिधिलाई मुख्य निर्वाचन अधिकृत मात्रिका प्रसाद आचार्यले सपथ खुवाएका थिए।

दुई नगरपालिका, आठ गाउँपालिका रहेको यहाँ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुखमा कांग्रेसका तिर्थराज भट्टराई र हलेसी तुवाचुङ नगरपालिका प्रमुखमा कांग्रेसका बिमला राई निर्वाचित भएका हुन्।रावाबेशी गाउँपालिका अध्यक्षमा कांग्रेसका फटिककुमार श्रेष्ठ, केपिलासगढी गाउँपालिका अध्यक्षमा कांग्रेसका समिर राई, ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा एमालेका गिरेन्द्र बहादुर राई, साकेला गाउँपालिकामा कांग्रेसका रविप्रकाश राई, दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र राई, खोटेहाङ गाउँपालिकामा माओवादी केन्द्रका उदिमबहादुर राई, जन्तेढुंगा गाउँपालिका अध्यक्षमा माओवादीकै अरुणादेबी राई र वराहपोखरी गाउँपालिका अध्यक्षमा कांग्रेसका शालिकराम बञ्जारा निर्वाचित भएका छन्।

गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरुलाई भने नगरप्रमुख तथा अध्यक्षले सपथ खुवाउने छन्। यसैविच, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेशी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाका प्रमुख तथा अध्यक्षले पदभार ग्रहण गर्दै आजै सपथ ग्रहण गराएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

महुरे फोक्सिङटार कालोपत्रेको मत्री दाहाल द्वारा शुभराम्भ

महुरे–फोक्सिङटार सडक कालोपत्रेको मन्त्री दाहाल द्वारा सुभराम्भ

  २०८२ जेठ ६, आइतबार

“बिर्सिएकाे मायालुलाई सम्झदै ऋजन मायालुले ल्याए म्युजिक भिडियाे!”

  २०८२ जेठ ६, आइतबार

राष्ट्रिय स्वतन्त्र पार्टी रावाबेंसी गाउँपालिकाका सभापति कृष्णप्रसाद पाण्डे एमालेमा प्रवेश

  २०८२ जेठ ३, बिहिबार

युवा संघ खोटाङले छान्यो निर्विरोध प्रतिनिधि

  २०८२ बैसाख ३०, सोमबार
खोटाङ हलेसी काठमाडौ सेवा समाज

खोटाङ  हलेसी सेवा समाज काठमाडौको  आठाै साधारण सभा

  २०८२ बैसाख २९, आइतबार

बाराहापोखरी गाउँपालिकालाई  २६ वटा प्रश्न उठेपछी

  २०८२ बैसाख २७, शुक्रबार
नेपाल नेत्रज्योति संघ को बार्शिक उत्सब

नेत्रज्योति संघ खोटाङले ४७ औ नेत्रज्योति दिवस यसरी मनायो

  २०८१ चैत्र १३, बुधबार

सम्बन्धित खबर