बैसाख ८, २०८३ सोमबार

दलहरू विज्ञप्तिबाजीमा जिल्लामा उपचार नहुने भएपछी बिरामीको रेफर

दलहरू विज्ञप्तिबाजीमा जिल्लामा उपचार नहुने भएपछी बिरामीको रेफर

दलहरू विज्ञप्तिबाजीमा जिल्लामा उपचार नहुने भएपछी बिरामीको रेफर

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा बुधबार राति भएको
आक्रमणको घटनामा दलहरू विज्ञप्तिबाजीमा उत्रेका छन् । गठबन्धन दल र नेकपा
एमालेले छुट्टाछुट्टै विज्ञप्ति निकालेर घटनाको दोष एकअर्कालाई लगाएका
छन् । तर यता माओवादी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष तथा पूर्व सांसद
टंक राईमाथि सांघातिक आक्रमण गर्ने भनीएको पुर्ण राईको टाउकामा गहीरो चोट
लागेकाले अन्यत्र रेफर गरेको उपचारमा सम्लग्न डाक्टरले बताएका छन् ।
गम्भीर घाईते भएका पुर्ण राईको टाउको घाटी र अनुहारमा गहीरो चोट र जीउभरी
नील डाम देखीन्छ । यता माओवादी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष तथा
पूर्व सांसद राई भने जिल्ला प्रहरी कार्यालय परीसरमा मेल मीलाप गर्ने भनी
छलफमा बस्न आग्रह गरीरहेको  पीडीत पक्षको भनाई रहेको छ । गठबन्धन दल
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता
समाजवादी पार्टीले संयु्क्त विज्ञप्ति जारी गरेर माओवादी केन्द्रीय
अनुशासन आयोगका अध्यक्ष तथा पूर्व सांसद टंक राईमाथि सांघातिक आक्रमण
भएको बताइरहँदा एमालेले भने टंक सहितको संलग्नतामा एमाले जालपा वडा कमिटी
सदस्य पूर्णमाथि आक्रमण भएको दाबी गरेको छ ।
‘‘केही अराजक उच्छृंखल व्यक्तिद्वारा गाली बेइज्जत गर्ने, सांघातिक
आक्रमण गर्ने निन्दनीय कार्य भएकोप्रति हामी घोर भत्र्सना एवं निन्दा
गर्दछौँ,’ कानुन हातमा लिएर आक्रमण गर्ने, धाक–धम्की दिने र त्रासदीपूर्ण
गतिविधि गरिनु अशोभनीय र अक्षम्य कार्य हो ।’ गठबन्धनले घटनाको सत्यतथ्य
पत्ता लगाई दोषीमाथि कडा कारबाही गर्न प्रशासनसमक्ष नेपाली कांग्रेस
खोटाङका सभापति विष्णुकुमार राई, नेकपा माओवादी केन्द्र खोटाङका संयोजक
दीपक पाण्डे ‘आकाश’, नेकपा एकीकृत समाजवादी खोटाङका अध्यक्ष जलशेर राई र
जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष टंक थापाद्वारा हस्ताक्षरित
संयुक्त विज्ञप्ति मार्फत माग गरेको छ ।
यता एमालेले भने पूर्व सांसद टंकसहित अम्बिका राई, धनीराम राई, पदमा विक
र विवेक राईले वडा कमिटी सदस्य पूर्णमाथि मरणासन्न हुने गरी कुटपुट गरेको
र घाइते पूर्णको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको जनाएको छ । घटना
सुनियोजित र योजनाबद्ध रहेको देखएको एमालेको ठहर छ ।

‘घटनालाई कुप्रचार गरी ढाकछोप गर्न गरिएको प्रयत्नप्रति हाम्रो पार्टीको
गम्भीर ध्यानाकर्षण भएको छ,’ एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले
जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘घाइतेको शीघ्र उपचारको व्यवस्था
मिलाई दोषीलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित
निकायसमक्ष जोडदार माग गर्दछौँ ।’ घटनाका दोषीलाई कुनै पनि बहानमा
कारबाही नगरिए यसबाट उत्पन्न हुन आउने परिस्थितिको जिम्मेवारी सम्बन्धित
निकायले लिनुपर्नेसमेत एमालेले चेतावनी दिएको छ ।

पुर्णबहादुरमाथि स्थानीय तहको निर्वाचनमा मतदानस्थलको बार तोडेको, विजय जुलुसमाथि बोत्तल हानेको लगायतका आरोप छ । कुटपिटमा संलग्न भएको भन्दै पुर्णबहादुर पक्षले पुर्वसांसद राई सहित ६ जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको बताएका छन् ।

घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । ‘जसले आक्रमण गर्‍यो भनिएकोछ त्यही घाइते छ, तर दुव्र्यवहारमा पर्ने व्यक्ति सकुशल हुनुहुन्छ,’ लम्सालले भने, ‘उहाँहरुबीचमा पार्टीगत हिसावले समस्या भएको हो वा अन्य कारणले भएको भन्ने बारेमा वास्तविकता बुझिरहेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

अटो दुर्घटना : ४ वर्षीय बालक गम्भीर घाइते

  २०८३ बैसाख ६, शनिबार

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार

सम्बन्धित खबर