बैसाख १२, २०८२ बिहिबार

समग्र नेपाली जिताउन प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी

समग्र नेपाली जिताउन प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी
खोटाङ । आसन्न प्रतिनिधिसभा तथा प्रदेसभा निर्वाचनका लागि खोटाङबाट प्रतिनिधिसभा सदस्यमा जयन्द्रकुमार राईले उम्मेदवारी दिने भएका छन् । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम खोटाङनिवासी राईले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिने भएका हुन् ।
‘पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेयता देश र जनताले विभिन्न कालखण्ड र शीर्षकमा हारेको हार्यै छन्,’ उनले प्रस्ट्याए, ‘परिवर्तनका नाममा, फरक–फरक राजनीतिक दलसम्बद्ध विचारका नाममा पनि जनताले हारेमात्रै । पात्र फेरिए, प्रवृत्ति झन् जकडियो । तसर्थ, देश र जनता जिताउन मैले स्वतन्त्र उम्मेदवारी दिने भएको हुँ ।’
सर्वप्रथम जनतालाई अधिकारसम्पन्न बनाउनुपर्छ । अहिले पाएको अधिकार नाङ्गो छ । ‘शिक्षा र स्वास्थ्य पूर्ण रूपमा निःशुल्क हुनुपर्छ । न्याय र अवसर पनि दिनैपर्छ,’ उनले थपे, ‘त्यतिमात्रै होइन, गाँस, बास र कपासका साथै रोजगारीको ग्यारेन्टी गरिनुपर्छ । त्यसो गरियो भनेमात्रै जनता राज्यप्रति उत्तरदायी हुुन्छन् ।’
राज्यले जनतालाई र जनताले पनि राज्यलाई योगदान पु¥याउनुपर्छ । ‘यो प्राकृतिक न्यायको सिद्धान्त हो,’ उनको जिकिर छ, ‘यसलाई किचेर, मिचेर राइँदाइँ गर्नुहुँदैन भन्ने सन्देश प्रवाह गर्न मैले उम्मेदवारी दिन लागेको हुँ ।’
नेपालको स्वाभिमानलाई आदिकालदेखि अनादिकालसम्म कायमै राख्न आफूले उम्मेदवारी दिन बाध्य भएको उनले सुनाए । ‘राजनीतिक नेताले देशभक्तिको मर्म बुझ्नुपर्छ । माटोको महत्व बुझेको हुनुपर्छ,’ उनको निष्कर्ष छ, ‘देश र माटोको रक्षा गर्न आनाकानी गर्ने नेतालाई राजनीतिमा टिकिरहन सजिलो छैन ।’
राजनीतिक नेताले राष्ट्र, राष्ट्रियता र जनतालाई भुलेको उनले आरोप लगाए । ‘देश र जनताका निम्ति आवाज उठाउने कोही भएनन्,’ उनले भने, ‘आवाज उठाउनेले आफ्नो स्वार्थपूर्तिका लागि नौटंकी गरेका हुन् । सत्तामा टिकिरहन उनीहरूले त्यस्तो अभिनय गर्न बाध्य छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

नेपाल नेत्रज्योति संघ को बार्शिक उत्सब

नेत्रज्योति संघ खोटाङले ४७ औ नेत्रज्योति दिवस यसरी मनायो

  २०८१ चैत्र १३, बुधबार

कुलमान घिसिङलाई हटाएको भन्दै माओबादी केन्द्र केपिलासगढी पालिका कमिटी द्वारा राके जुलुस

  २०८१ चैत्र १३, बुधबार

केपिलासगढीका स्वास्थ्य चाैकिलाई ल्यापटप बितरण

  २०८१ चैत्र ५, मंगलबार

केपिलासगढी गाउँपालिकामा ३ दिने निशुल्क आँखा शिविर

  २०८१ चैत्र ४, सोमबार

नेकपा (एमाले) खोटेहाङ गाउँपालिका काठमाडौ सम्पर्क मञ्चको नियमित बैठक,यस्तो छ निर्णयहरु

  २०८१ चैत्र ४, सोमबार

डढेलोले ६ घर एक बिध्यालय जल्यो

  २०८१ चैत्र ४, सोमबार

बानेश्वर बहुमुखी क्याम्पसको  (स्ववियु) निर्वाचनमा सचिवमा काेपिला राईको उम्मेदवारी

  २०८१ चैत्र २, शनिबार

सम्बन्धित खबर