असोज ९, २०८३ बिहिबार

समग्र नेपाली जिताउन प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी

समग्र नेपाली जिताउन प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी
खोटाङ । आसन्न प्रतिनिधिसभा तथा प्रदेसभा निर्वाचनका लागि खोटाङबाट प्रतिनिधिसभा सदस्यमा जयन्द्रकुमार राईले उम्मेदवारी दिने भएका छन् । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम खोटाङनिवासी राईले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिने भएका हुन् ।
‘पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेयता देश र जनताले विभिन्न कालखण्ड र शीर्षकमा हारेको हार्यै छन्,’ उनले प्रस्ट्याए, ‘परिवर्तनका नाममा, फरक–फरक राजनीतिक दलसम्बद्ध विचारका नाममा पनि जनताले हारेमात्रै । पात्र फेरिए, प्रवृत्ति झन् जकडियो । तसर्थ, देश र जनता जिताउन मैले स्वतन्त्र उम्मेदवारी दिने भएको हुँ ।’
सर्वप्रथम जनतालाई अधिकारसम्पन्न बनाउनुपर्छ । अहिले पाएको अधिकार नाङ्गो छ । ‘शिक्षा र स्वास्थ्य पूर्ण रूपमा निःशुल्क हुनुपर्छ । न्याय र अवसर पनि दिनैपर्छ,’ उनले थपे, ‘त्यतिमात्रै होइन, गाँस, बास र कपासका साथै रोजगारीको ग्यारेन्टी गरिनुपर्छ । त्यसो गरियो भनेमात्रै जनता राज्यप्रति उत्तरदायी हुुन्छन् ।’
राज्यले जनतालाई र जनताले पनि राज्यलाई योगदान पु¥याउनुपर्छ । ‘यो प्राकृतिक न्यायको सिद्धान्त हो,’ उनको जिकिर छ, ‘यसलाई किचेर, मिचेर राइँदाइँ गर्नुहुँदैन भन्ने सन्देश प्रवाह गर्न मैले उम्मेदवारी दिन लागेको हुँ ।’
नेपालको स्वाभिमानलाई आदिकालदेखि अनादिकालसम्म कायमै राख्न आफूले उम्मेदवारी दिन बाध्य भएको उनले सुनाए । ‘राजनीतिक नेताले देशभक्तिको मर्म बुझ्नुपर्छ । माटोको महत्व बुझेको हुनुपर्छ,’ उनको निष्कर्ष छ, ‘देश र माटोको रक्षा गर्न आनाकानी गर्ने नेतालाई राजनीतिमा टिकिरहन सजिलो छैन ।’
राजनीतिक नेताले राष्ट्र, राष्ट्रियता र जनतालाई भुलेको उनले आरोप लगाए । ‘देश र जनताका निम्ति आवाज उठाउने कोही भएनन्,’ उनले भने, ‘आवाज उठाउनेले आफ्नो स्वार्थपूर्तिका लागि नौटंकी गरेका हुन् । सत्तामा टिकिरहन उनीहरूले त्यस्तो अभिनय गर्न बाध्य छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

आलेख ,विश्व बाँस दिवस र कुँडिएको मन

विश्व बाँस दिवस र कुँडिएको मन

  २०८३ असोज ९, बिहिबार

चलचित्र हेर्न गएँ।आँसु थामिएन (पेन्सन पट्टा)

  २०८३ असोज ८, बुधबार
सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार

सम्बन्धित खबर