श्रावण १, २०८२ मंगलबार

बाम्राङ चुप्लामा ४३ लाखको माल्टे खानेपानी योजना सम्पन्न

प्रदेश १ खानेपानी, सिँचाई तथा उर्जा मन्त्री रामकुमार राई

सिताराम राई (सञ्जिव)

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ चुप्लास्थित माल्टे खानेपानी योजना सम्पन्न भएको छ । प्रदेश १ खानेपानी, सिँचाई तथा उर्जा मन्त्रालयको ४३ लाखको लागतमा सम्पन्न भएको खानेपानी योजना मंगलबार प्रदेश १ खानेपानी, सिँचाई तथा उर्जा मन्त्री रामकुमार राईले उद्घाटन गरेका छन् । खानेपानी योजना सञ्चालनमा आएपछि चुप्लाका ४७ घरधुरी लाभान्वित भएका छन् । व्यवस्थित खानेपानीको अभाव झेल्दैआएका स्थानीयलाई लक्ष्यित गर्दै स्थानीय युवा नेता युगसन किरातको पहलमा खानेपानी योजनाका लागि प्रदेशबाट आर्थिक वर्ष २०७८÷०७९ मा ३० लाख र चालु आर्थिक वर्ष १३ लाख बजेट बिनियोजन भएको थियो ।

प्रदेश १ खानेपानी, सिँचाई तथा उर्जा मन्त्री रामकुमार राई

चुप्लामा ७ किलोमिटर दुरीमा रहेको माल्टे मुहानबाट पानी ल्याइएको हो । खानेपानी योजनाका लागि १० हजार लिटर क्षमताको दुई वटा रिजर्भ ट्यांकी निर्माण गरिएको प्रदेश खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालय खोटाङका इन्जिनियर मोहन महासेठले बताए । पिउने पानीको अभाव रहेको चुप्लामा घर–घरमा एक धारा सञ्चालनमा आएपछी स्थानीय हर्षित बनेका छन् ।

बाम्राङकै खत्रीगाउँ, थापागाउँ र तल्लो दलित टोलमा प्रदेश सरकारबाट चालु आर्थिक वर्ष १५ लाखको खानेपानी योजना सम्झौता भइसकेको र सुर्के गैरा टोलका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट ७ लाख बिनियोजन भएको छ । ‘दुबै योजनाको काम चाँडै अगाडि बढ्ने छ,’ किरातले भने, ‘वडाको बाँकी टोलमा अर्को साल योजना पारिने छ । खानेपानीमा हामी व्यवस्थित हुँदैछौँ ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

मोबाईल चार्जर बाट निकाल्ने क्रममा करेन्ट लागि एक महिलाको मृत्युु

  २०८२ असार ३१, सोमबार
रक्तदान गरेर मनाइयो मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २६औं स्थापना दिवस

रक्तदान गरेर मनाइयो मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २६औं स्थापना दिवस

  २०८२ असार ३०, आइतबार

ऐसेलुखर्क गाउँपालिकाको नव निर्मित प्रशासकीय भवन उद्घाटन

  २०८२ असार २८, शुक्रबार

विनेसाम जापानको छैटौँ स्थापना दिवस तथा गजल सन्ध्या सम्पन्न

  २०८२ असार ७, शुक्रबार

१२ कोठे विद्यालय भवन ६ महिनामै निर्माण सम्पन्न

  २०८२ असार ३, सोमबार

खोटाङ्कि टिकटकर रमा बस्नेत पक्राउ

  २०८२ असार २, आइतबार

हलेसी तुवाचुङ नगरपालिका द्वारा कोदोको परिकार सम्बन्धि सीप विकास तालिम सम्पन्न

  २०८२ जेठ ३२, शुक्रबार

सम्बन्धित खबर