श्रावण १२, २०८१ शनिबार

‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’

केदार मगर /खोटाङ, २९ वैशाख । खेलकुद विकास समिति ऐसेलुखर्क गाउँपालिकाले आयोजना गरेको ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ महिला÷पुरुष अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको फाइनल खेल भोलि (आइतबार) हुने भएको छ । गाउँपालिकाको मुख्य प्रायोजनमा यही वैशाख–२६ गतेदेखि शुरु भएको प्रतियोगिताको फाइनल खेल भोलि बिहान ७ः०० बजेबाट शुरु गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको महिलातर्फ केपिसगढी गाउँपालिका बाक्सिला र आमचोक गाउँपालिका भोजपुर तथा पुरुषतर्फ षडानन्द नगरपालिका भोजपुर र दमक नगरपालिका झापा फाइनलमा प्रवेश गरेका छन् । महिलातर्फ केपिसगढी गाउँपालिका बाक्सिला र ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कबीच शनिबार भएको पहिलो खेलमा २५–१२ र २५–१२ मा ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कलाई हराउँदै केपिसगढी गाउँपालिका बाक्सिला फाइनल प्रवेश गरेको छ भने, आमचोक गाउँपालिका र आयोजक ऐसेलुखर्क गाउँपालिकाबीच भएको दोस्रो खेलमा २५–१४ र २५–१३ हराउँदै आयोजकलाई हराउँदै भोजपुर फाइनल प्रवेश गरेको हो ।

पुरुषतर्फको दमक नगरपालिका झापा र सोताङ गाउँपालिका सोलुखुम्बूबीच भएको पहिलो सेमिफाइनल खेलमा दमक नगरपालिका झापा सोझो सेटमा विजयी हुँदै फाइनल प्रवेश गरेको छ । प्रतियोगितामा २५–२०, २५–२३ र २५–१८ मा सोताङ गाउँपालिका सोलुखुम्बूलाई हराउँदै दमक नगरपालिका झापा फाइनल प्रवेश गरेको हो ।

दोस्रो षडानन्द नगरपालिका भोजपुर र सिद्धिचरण नगरपालिका ओखलढुङ्गाबीच भएको सेमिफाइनल खेलमा पनि सोझो सेटमा विजयी हुँदै षडानन्द नगरपालिका भोजपुर फाइनल प्रवेश गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा भोजपुरले सिद्धिचरण नगरपालिका ओखलढुङ्गालाई २५–२२, २५–२२ र २५–२० मा हराएको हो ।

महिलातर्फको प्रतियोगितामा आमचोक गाउँपालिका भोजपुरकी क्याप्टेन रोमा श्रेष्ठ र केपिलासगढी गाउँपालिका बाक्सिलाकी सिखा कोइराई म्यान द म्याच घोषित भएका रेफ्री सुधिर कार्की जानकारी दिनुभएको छ । पुरूषतर्फको सेमिफाइनल खेलमामा दमकका क्याप्टेन मुस्कान लिम्बू ‘राजन’ र षडानन्द नगरपालिका भोजपुरका खेलाडी मनिष गौतम म्यान द म्याच घोसित भएका छन् ।

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना महिला÷पुरुष दुवै स्थानीय तहले समानरुपमा क्रमशः नगद रु दुई लाख, रु एक लाख, रु ५० हजार र रु २५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक खेलकुद विकास समिति ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष रजिन राईले जानकारी दिनुभएको छ । विद्यागत पुरस्कारतर्फ महिला÷पुरुष दुवै समूहका एक÷एकजना उत्कृष्ट खेलाडीलाई नगद रु पाँच÷पाँच हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै, बेस्ट स्पाइकर, बेस्ट सटर, बेस्ट ब्लकर, बेस्ट डिफेण्डर, बेस्ट सर्भर तथा अनुशासित समूह र बेस्ट प्रशिक्षकलाई नगद रु तीन÷तीन हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

अन्तरपालिकास्तरीय महिला÷पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ आयोजक, आमचोक गाउँपालिका भोजपुर, माप्यदूधकोशी सोलुखुम्बू र केपिसगढी गाउँपालिका बाक्सिला खोटाङ सहभागी भएका छन् । पुरुषतर्फ आयोजक, षडानन्द नगरपालिका भोजपुर, नेचासल्यान गाउँपालिका सोलुखुम्बू, दमक नगरपालिका झापा, सोताङ गाउँपालिका सोलुखुम्बू, चिसङ्खु गाउँपालिका ओखलढुङ्गा, ताप्ली गाउँपालिका उदयपुर, सिद्धिचरण नगरपालिका ओखलढुङ्गा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङ, रावाबेँसी गाउँपालिका खोटाङ, हलेसी तुवाचुङ नगरपालिका खोटाङ, ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरी, ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरी, ऐलुखर्क गाउँपालिका–७ माक्पा र खेलकुद विकास समिति ऐसेलुखर्क–३ ऐलुखर्कको सहभागिता रहेको छ ।

अन्तर्राष्ट्रिय भलिबल महासङ्घ (एफआइभिबि)को नियमअनुसार सञ्चालन गरिएको प्रतियोगितमा नौँजना खेलाडी, एकजना प्रशिक्षक र एकजना व्यवस्थापकगरी प्रत्येक समूहमा ११ सहभागी छन् । प्रतियोगितामा एउटा समूहले एकजनामात्र राष्ट्रिय खेलाडी सहभागी गराउन पाउने आयोजकले जनाएको छ ।

गाउँपालिकामा भलिबल खेलको विकास गर्दै प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्यले गाउँपालिकाको आर्थिक सहयोग तथा खेलकुद विकास समितिको व्यवस्थापनमा अन्तरपालिकास्तरीय ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ महिला÷पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले जानकारी दिनुभएको छ । “भलिबल खेल नेपालको राष्ट्रिय खेल हो । यो खेल सानो ठाउँमा पनि आयोजना गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “गाउँपालिकामा भलिबल खेलको विकास गर्दै प्रतिभाशाली खेलाडी उत्पादन गर्ने हाम्रो उद्देश्य छ । यस्ताखाले प्रतियोगिताले खेल पर्यटनकोसमेत विकास गर्छ । प्रथम पटक आयोजना गरिएको प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिने योजना बनाएका छौँ ।”

करिब रु १६ लाख २८ हजारमा सम्पन्न गर्ने लक्ष्यका साथ आयोजना गरिएको प्रतियोगिताका लागि गाउँपालिकाले रु १३ लाख ५० हजार रकम उपलब्ध गराएको गाउँपलिकाका प्रवक्ता एवम् वडा नं. ३ ऐसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले जानकारी दिनुभएको छ । सेमिफाइनल खेलदेखि प्रत्येक खेलमा म्यान अफ द म्याचलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

महिला÷पुरुष दुवै समूहको खेल गाउँपालिकाको आफ्नै खेलमैदानमा सञ्चालन गरिएको आयोजकले जनाएको छ । भोलि हुने समापनमा साँस्कृत कार्यक्रमसमेत आयोजना गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

गणेश राई संग नेता भट्टराई लागायत नेता कार्यकर्ता

नेता बिशाल भट्टराईको सहयोगमा खोटाङका फरक क्षमता भएका व्यक्ति पुन काममा फर्किए

  २०८१ श्रावण ११, शुक्रबार

धान रोपाईको प्रेम कहानी “टारि खेतमा “अर्जुना राईले म्युजिक भिडियो द्वारा सार्वजनिक

  २०८१ असार ३१, सोमबार

प्रदेश स्तरिय महिला फुटबल प्रतियोगीतामा झापा बिजेता बनेको छ

  २०८१ असार २५, मंगलबार

केएफए खेलकुद पत्रकारिता पुरस्कार भट्टराईलाई

  २०८१ जेठ १२, शनिबार

ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्नलाई पक्राउ गरी सार्वजनिक

  २०८१ जेठ ६, आइतबार

खोटाङ्का ट्राफिक प्रहरी मृत अवस्थामा फेला

  २०८१ जेठ ५, शनिबार

प्रथम अध्यक्ष कप’ महिला/पुरुषप्रतियोगीताको उपाधी पुरुष तर्फ दमक महिला भोजपुर आमचोक

  २०८१ जेठ १, मंगलबार

सम्बन्धित खबर