भाद्र २८, २०८३ शनिबार

प्रदेश स्तरिय महिला फुटबल प्रतियोगीतामा झापा बिजेता बनेको छ

खोटाङमा आयोजित प्रदेश स्तरिय महिला फुटबल प्रतियोगीतामा झापा बिजेता बनेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपास्थित यलम्बर रंगशालामा असार २५ गते सम्पन्न प्रतियोगीतामा भोजपुरलाई हराउँदै झापा बिजेता बनेको हो ।

प्रथम  टिम बिजेता

प्रथम टिम बिजेता

वर्षाको अवरोधका बिच सम्पन्न फाइनल खेलमा झापाले १ गोल गर्दा भोजपुरले कुनै पनि गोल गर्न सकेन । हारसँगै भोजपुर उपविजेता बनेको छ ।
गत असार २० गतेदेखि जारी प्रतियोगीताका बिजेता झापाले नगद २ लाख तथा उपविजेता भोजपुरले १ लाखका साथमा ट्रफी, मेडल र प्रमाण–पत्र हात पारेका छन् ।

उपबिजेता टिम भोजपुर

उपबिजेता टिम भोजपुर

प्रदेश खेलकुद विकास बोर्डको आयोजना एबं जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजनमा प्रतियोगीता आयोजना गरिएको हो ।
प्रतियोगीतामा बेष्ट प्लेयर अफ द टुर्नामेन्टको उपाधि झापाकी जेनिफर राना मगरले हात पारेकी छन् । उनलाई बुईपा घर भइ हाल अमेरिका रहेका व्यवसायी बिश्व राईले उपलव्ध गराएको ३० हजार र आयोजकको ५ हजार सहित ३५ हजारका साथमा ट्रफी प्रदान गरिएको छ । जेनिफर प्रतियोगीताको हाईस्कोरर पनि बनेकी जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राई (महेश)ले बताए । प्रतियोगीतामा जेनिफर एक्लैले नौ गोल गरेकी थिईन् ।

 

प्रथम  टिम बिजेता

प्रथम टिम बिजेता

प्रतियोगीतामा बेष्ट गोलकिपर झापाका जसोदा लिम्बू, बेष्ट डिफेन्डर भोजपुरका कमला श्रेष्ठ, बेष्ट मिडफिल्डर झापाका सिम्रन राई र बेष्ट फरवार्ड भोजपुरकी आरती भुजेल भएकी छन् । यस्तै, राइजिङ प्लेयर खोटाङका रिया राई र बेष्ट कोच झापाका सन्तबहादुर रायमाझी बनेका छन् । उनीहरुलाई जनही तीन हजारका साथमा ट्रफी प्रदान गरिएको छ । विजेता टिम तथा उत्कृष्ट खेलाडीलाई प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।


प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले उद्घाटन गरेको प्रतियोगीतामा प्रदेशभरीका १४ जिल्लाका महिला खेलाडीको सहभागीता रहेको थियो । प्रतियोगीताका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले २० लाख प्रदान गरेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर