माघ २, २०८२ बुधबार

टेम्मा स्पोर्ट्स क्लबको आयोजनामा वडा स्तरिय फुटबल र एकल नृत्य प्रतियोगिता हुँदै

फुटबल र एकल प्रतियोगिता

फुटबल र एकल प्रतियोगिता

टेम्मा स्पोर्ट्स क्लबको आयोजनामा वडा स्तरिय फुटबल प्रतियोगिता  र एक नृत्य  प्रतियोगिता हुँदै
स्वास्थ्यको लागि खेलकुद युवा एकताका लागि खेलकुद भन्ने मुल नाराका साथ निकट आईरहेको बडा दशै र शुभदिपावलिको अवसरमा फुटबल प्रतियोगिता २०८१ कार्तिक १ गत्तेबाट  दिप्रुङ चुईचुम्मा गाउँपालिका ७ टेम्मा स्थित टेम्मा स्पोर्ट्स क्लबको आयोजनामा तेस्रो सस्करण 7A side पुरुष फुटबल प्रतियोगिता स्थानीय  श्री कृष्ण उच्च माबीको खेलमैदानमा  हुने भएको छ ।
टेम्मा स्पोर्ट्स क्लबको आयोजनामा हुने उक्त प्रतियोगितामा भाग लिनको लागि, असोजको १० गत्ते भित्र  सम्म आफ्नो टिम दर्ता गराउन सकिने क्लबका अध्यक्ष  शुबास मगरले जानकारी दिनु भयो ।

खेलबारे सर्तहरु बारे   निम्नानुसार रहेकोछ: १) खेलमा टिम दर्ता गराउन रु ७७७७ लाग्ने। २) प्रतियोगिता FIFA नियमानुसार गरिने। ३) खेलमा सहभागी टिम खेल हुनुभन्दा ३० मिनेट अगाडि खेल मैदानमा उपस्थित हुनुपर्ने। ४) प्रतियोगिता २०८१ साल कार्तिक १ गते बाट श्री कृष्ण माबिको खेल मैदानमा हुने। ५) एउटा टिमबाट खेलाडी ७+३ प्रशिक्षक अनिबार्य हुनुपर्ने छ । ६) सहभागी टिमले खाने बस्ने आफैले व्यवस्थापन गर्नु पर्ने । ७) खेल खेल्दा आवश्यक जर्सी , सुज र मोजा अनिबार्य हुनुपर्ने छ । ८) खेलाडिहरुले खेल समयमा धूम्रपान गर्न पाईने छैन ९) खेलाडिको नाम थर र ठेगाना खुलेको सक्कली कागजात अनिवार्य उपलब्ध गराउनु पर्ने १०) खेलाडीहरु खेल खेल्ने क्रममा कुनै पनि प्रकारको चोटपटक लागेमा खेलाडिहरु आफै जिम्मेवार हुनु पर्ने  छ । ११ )आयोजकको निर्णय नै अन्तिम निर्णय मानिने छ । खेल अवधी ५० मिनेटको हुने। खेल सम्योजक ग्याबिन किरातिले मदानी खबरलाई बताउनु भयो ।

त्यसैगरी बिजेता खेलाडी टिमलाई प्रथम पुरस्कार  ७० हजार , ट्रफी, मेडल,प्रमाणपत्र, दोस्रो पुरस्कार ४० हजार ट्रफी मेडल प्रमाणपत्र र उत्कृष्ट खेलाडिले २ हजार साथमा ट्रफी ,मेडल ,प्रमाणपत्र, उत्कृष्ट गोलकिपरले   रु. २ हजार  ट्रफी,मेडल,प्रमाणपत्र , हैइ स्कोर खेलाडीले २ हजार ट्रफी ,मेडल,प्रमाणपत्र , बेस्ट डिफेन्डरले २ हजार ट्रफी ,मेडल प्रमाणपत्र , बेस्ट कोचले २ हजार ट्रफी ,मेडल, प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरी थप जानकारी आवस्यक परेमा अध्यक्ष सुबास मगर (9862572428)खेलकुद संयोजक  ग्याबिन्द्र राई (९८२४३११४२८),रुपेस राई (९८४१२१८२६४) र डगेन्द्र मगर (९८४४३२२८०२) मा सम्पर्क गर्न सकिने संयोजक ग्याबिन्द्र किरातिले मदानी खबरलाई जानकारी दिनुभएको  छ। यस्तै खुला नृत्य प्रतियोगिता तर्फ  प्रथम पुरस्कार १० हजारको साथमा प्रमाणपत्र , दित्तिय पुरस्कार ५ हजार साथमा प्रमाणपत्र , तेस्रो पुरस्कार ३ हजारको साथमा प्रमाणपत्र प्रदान गरिनेछ । कार्यक्रममा ख्याती प्राप्त रास्ट्रीय कलाकारहरु गायक  रुपकुमार राई , सुनिता थेगिम , हास्यकलाकार उमेश राई ( फुलन्देको आमा) गायक रोसन राई,गायिका अर्जुना राई ,मोडल तथा डान्सर अनुसा राई शसिकला राई को साथमा स्थानिय कलाकारहरुको प्रस्तुती रहने छ ।
बिजय राईको अध्यक्षतामा २०७३ सालमा स्थापना भएको यश सस्थाले  स्थापना काल देखिनै खेल क्षेत्र,धर्म सस्कार सस्कृतिको संरक्षण तथा प्रबर्द्धन गर्न सकृय रहेको छ । खेल क्षेत्रले गाउँ समाज र देशलाई चिनाउदै  समाजलाई एकता र अनुशाशीत बनाउने  भएकोले  यश सस्थाले  खेल क्षेत्रलाई प्राथमिकता दिदै समाज लाई एकताका साथ परिवर्तन र समृद्धिको बाटोमा हिडाउने प्रयासमा जुटिरहेको सस्थाको अध्यक्ष शुबास मगरले बताउनु भयो ।  निकटतम आईरहेको खेललाई सम्पन्न गर्न विभिन्न बिभागिय जिम्मेवारी बाडफाट गरिएको छ । खेल सम्पन्न गर्न प्रथम पुरस्कार दिप्रुङ चुईचुम्मा गाउपालिका ७ टेम्मा मा जन्म भई  uk मा रहनुहुने समाज सेवि , लिनुहाङ राई ले प्रथम पुरस्कार ७० हजार प्रायोजन गर्नु भएको छ। भने टेम्मा मै जन्म भई जापानमा रहनुहुने समाज सेवि , यशु थापा मगर र टन्क राना मगरले दोस्रो पुरस्कार  ४०हजार प्रायोजन गर्नु भएको अध्यक्ष मगरले बताउनु भयो ।आर्थिक पाटो मुख हुने हुदा स्वदेश तथा बिदेशमा रहने सस्थाका शुभ चिन्तकोहरुको स्वेच्छिक रुपमा आर्थिक सहयोग बाट सम्पन्न गर्न लागिएको अध्यक्ष मगरले जानकारी दिनु भयो ।

फुटबल र एकल प्रतियोगिता

फुटबल र एकल प्रतियोगिता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार
वडा अध्यक्ष लिला चाैहान पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी–८ का वडाध्यक्ष चौहान प्रहरी हिरासतमा

  २०८२ पुष २१, आइतबार
पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

  २०८२ पुष २०, शनिबार

खोटाङमा अशक्त वृद्ध दम्पतीको घरमा लुटपाट

  २०८२ पुष ९, मंगलबार

वडामा आएको बजेट विवादका क्रममा काकाद्वारा भतिजा माथी वडा कार्यालय परिसरमा हातपात

  २०८२ पुष ५, शुक्रबार

‘साकेला खोटाङ, मेरो गाउँ’ सार्वजनिक : सांस्कृतिक पहिचान झल्काउने मौलिक सिर्जना

  २०८२ मंग्सिर १८, मंगलबार

सम्बन्धित खबर