असार ७, २०८२ शुक्रबार

बोसे आराखा फुटबल प्रतियोगिता प्रथम हुनेलाई २० हजारको सुंगुर

बोसे आराखा फुटबल

बोसे आराखा फुटबल

किरात युबा समाज हलेसि तुवाचुङ नगरपालिका वडा न ,५ दुर्छिम गणेस्टारले ‘बोसे – आराखा ‘ 7 A side फूटबल प्रतियोगिता आयोजना गर्ने  भएको छ । चम्लिङ राई भाषामा बोसे भने सुंगुर र आराखा भनेको रक्सी हो । आफ्नो पहिचान सस्कार सस्कृतिको ओकालत संगै यसले पहिचान झल्काउने पहिलो खेलको रुपमा अघि सारिएको आयोजकले जनाएको छ ।

बोसे आराखा फुटबल

बोसे आराखा फुटबल

दिलकुमार- ईन्द्रबहादुर राई  रंगशाला गणेशटारमा कार्तिक ७ गत्तेबाट सुरु हुन लागेको फुटबल प्रतियोगितामा  प्रथम हुने टिमले २० हजारको बोसे ( सुंगुर) २ कठुवा आराखा  (रक्सी)  र प्रमाणपत्र त्यसै गरि दोस्रो हुने टिमले १५ हजार पर्ने बोसे ( सुंगुर) २ कठुवा आराखा (रक्सी) र प्रमाण पत्र र सेमिफाइनलिस्ट टिमले २५ सय को वापा ( भाले ) र २ कठुवा आराखा ( रक्सी) र प्रमाणपत्र प्राप्त गर्ने छ्न । ईन्ट्री फि २ हजार लाग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर