भाद्र २८, २०८३ शनिबार

टेम्मामा अमराजेम्पा रहरसिंह राई स्मृति फुटबलको तयारी

खोटाङ, १९ मंसिर । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मामा अमराजेम्पा रहरसिंह राई स्मृति पुरुष फुटबल प्रतियोगीताको दोश्रो संस्करणको तयारी गरिएको छ । ‘दिप्रुङको सान, टेम्मामा खेलकुदको पहिचान, खेलकुद जित्नलाई होईन, सिक्नलाई खेलिन्छ’ भन्ने नारासहित अमराजेम्पा रहरसिंह राई स्मृति दिप्रुङको   साबिक वडा स्तरिय पुरुष फुटबल प्रतियोगीताको तयारी गरिएको हो । स्थानीय दिलैंछि युवा सर्कलको आयोजना तथा टेम्मा स्पोर्ट्स क्लब टेमाको सह आयोजनामा आगामी मंसिर २७ गतेदेखि वडा स्तरिय पुरुष फुटबल प्रतियोगीता सञ्चालन गर्ने तयारी गरिएको छ ।
प्रतियोगीताका बिजेता र उपविजेताले क्रमशः २५ हजार र १५ हजारको साथमा ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछन् । सेमीफाइनलिष्ट बन्ने दुई टिमलाई ५÷५ हजार प्रदान गर्ने अमराजेम्पा रहरसिंह राई स्मृति कोषका अध्यक्ष ग्याबिन किरातिले   जानकारी दिए । दिलैंछि युवा सर्कलले स्थापना कालदेखि नै खेलकुद, धर्म, संस्कार र संस्कृतिको संरक्षण र सम्वद्र्धन सम्वन्धी गतिविधि सञ्चालन गर्दैआएको मदानीखबरलाई जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर