मंग्सिर १४, २०८० बिहिबार

रंगशालाको रुपमा बिकास गर्न माटिकोरे खेल मैदानलाई ४ करोड ८० लाख ,पहिलो मेयर कप

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगर पालिका १ स्थित रहेको माटिकोरे खेल मैदानलाई प्रदेश नम्बर १ कै उत्कृष्ट र ब्यबस्थित खेल मैदान बनाउने उदेश्यका साथ ब्यवस्थित स्टुडियम तथा खेल मैदान सिल्यान्यास भएको छ ।
स्थाथानिय तहको निर्वाचन पस्चात एक वडा एक खेल मैदान एक पालिका एक पालिका स्तारिय खेलमैदान र एक नगर पालिका एक नगर स्तरिय खेल मैदान निर्माणगर्ने सरकारको अबधारणा अनुरुप नगरपालिकाको ४ करोड ८० लाख रुपैया लगानिमा बन्ने खेल मैदानको शुक्रबार दिक्त्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका मेयर दिप नारायण रिजाल तथा उपमेयर बिणादेवी राई राजनैतिक दलका स्थानिय प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा संयुक्त रुपमा शिल्यान्यास भएको हो । खोटाङ जिल्लाकै अत्यन्तै महत्वपूर्ण खेल मैदानलाई दिक्त्तेल रंगशालाको रुपमा बिकास गर्ने उदेश्यका साथ नगरपालिकाले लगानी गरि शिलान्यास गरिएको र पहिलो मेयर कप समेत राखिएको मेयर रिजालले बताउनु भयो


जिल्लामा ठुल ठुला फुटवल प्रतियोगिताहरु सन्चालन भएपनी ब्यबस्थित खेल मैदान नहुदा खेलाडिहरु खेल खेल्ने क्रममा चोट पटक पर्ने तथा दर्शकहरु समेत खेल हेर्न असुबिधा खेप्दै आएका थिए । हरेक खेल क्षेत्रका बिधाहरुमा खोटाङ्को जित सुनिस्चित गर्नकालागी खोटाङ खेलकुद बिकास समिती लागिपरिरहेको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष महेस राईले बताउनु भयो

कोरोना भाईरसको कारण लामो समय अघिबाट थलिएको खेल क्षेत्रलाई चलाएमान बनाउन पहिलो मेयर कपले खोटाङका खेलाडिहरुलाई उत्साहित बनाउदै ब्यवस्थित रंगशाला बन्ने कुराले समग्र खोटाङको खेलकुद क्षेत्र लाई उत्साहित र टेवा पुर्याउने जिल्ला फुटबल संघ खोटाङका अध्यक्ष ध्रुर्व बिक्रम राईले धारणा ब्यक्त गर्नु भयो ।
स्थानिय खेलाडीहरुलाई उत्पादन गरि खोटाङ फुटबल एकेडमी (KFA) ले तालिम दिदै आएको र पहिलो र दोस्रो KFA प्रतियोगिता चलाई सकेको थियो यसपटक बाटपहिलो  दिक्त्तेल मेयरकप फुटबल प्रतियोगिता सुरुवात गरिएकोमा खोटाङ फुटबल एकडेमीका अध्यक्ष नुरकाजी शैजुले खुसी ब्यक्त गर्नु भयो ।

 


प्रथम पटक आयोजना गरिएको दिक्तेल मेयर कपमा आधिकारिक दर्ता भएका सस्था वा क्लबले मात्रै सहभागी हुन पाउने छ्न । प्रथम दिक्तेल मेयर कपमा प्रथम हुने समूहले १ लाख २५ हजार मेड्ल प्रमाणपत्र प्राप्त गर्नेछ्न भने दित्तिय टिमले ६५ हजार मेडल र प्रमाणपत्र पाउने छ्न बाकी २ सान्त्वना टिमले २० हजार प्राप्त गर्ने छ्न । १६ टिम सहभागी रहेका मेयर कप 9A साईड खेल आयोजना भएको छ । खेलमा वडाको ६ जना नगरको ४जना र जिल्लाको ३ जना सहभागी गराउन पाउने छन । चैत्र ११ गत्ते शुक्रबार बाट सन्चालन भएको प्रथम दिक्तेल मेयरकप ८ दिन सम्म सन्चालन हुने KFA का ईभेन्ट म्यानेजर रोसेस श्रेष्ठले बताउनु भयो ।आज भएको पहिलो खेल बुईपा ११ भर्सेस युवाजागरण नेपाल खोटाङ बिच भएको खेलमा युवाजागरण नेपाल खोटाङ टिमले शुन्यका बिरुद्द २ गोल गर्दै क्वाटर फाईनलमा प्रबेश गरेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

नवौ उद्योग दिवसको अवसर पारेर घरेलु तथा साना उद्योग कार्यालय खोटाङ द्वारा उद्योमी सम्मान

  २०८० मंग्सिर ९, शनिबार

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान खोटाङ जिल्लामा सुरु यस्तो छ सेडुल

  २०८० मंग्सिर ९, शनिबार

केपिलास गढी गापामा आगो लागिबाट सख्त घाईते सरिताको गाउँपालिकाले उपचार गरिदिदै

  २०८० मंग्सिर ४, सोमबार

सोलुखुम्बुको एक आश्रममा आगलागी हुँदा २५ लाखको क्षति

  २०८० मंग्सिर ३, आइतबार

सोल्मा समाजिक गुठिले राष्ट्रिय र स्थानिय कलाकारको प्रस्तुति सहितको कार्यक्रम गर्दै

  २०८० कार्तिक २१, मंगलबार

सुक्रबार राती भूकम्पमा परेर उपमेयरको मृत्यु

  २०८० कार्तिक १८, शनिबार

मध्य राति ६.४ म्याग्निच्युडको भूकम्प

  २०८० कार्तिक १८, शनिबार

सम्बन्धित खबर