जेठ १८, २०८३ आइतबार

समता खुला पुरुष फुटबल प्रतियोगिताको प्रथम उपाधि बाम्राङ फुटबल क्लबको पोल्टामा

प्रथम बाम्राङ युवा क्लब

खोटाङको दिक्तेलमा शनिबार सम्पन्न समता खुला पुरुष फुटबल प्रतियोगिताको प्रथम उपाधि बाम्राङ फुटबल क्लबले जित्न सफल भएको छ । शनिबार माटिकोरे खेल मैदानमा सम्पन्न फाइनल खेलमा साकेला गाउँपालिका फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउदै बाम्राङले प्रथम उपाधि हासिल गरेको हो ।

प्रथम बाम्राङ युवा क्लब पुरस्कार लिदै 

प्रतियोगिताको प्रथम उपाधि हासिल बाम्राङले नगद ५१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको दोस्रो हुने साकेला गाउँपालिका फुटबल क्लबले नगद २७ हजार ७ सय ७७ र तेश्रो हुने हलेसी तुवाचुङ फुटबल क्लबले नगद १२ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

द्वितिय साकेला गाउँपालिका

खेलको सर्वाधिक गोलकर्ता बाम्राङका हरी खवास भएका छन् । यस्तै, साकेलाका जोर्डन राई उत्कृष्ट खेलाडी, बाम्राङका सुजन खड्का सर्वोत्कृष्ट किपर, साकेलाका रामसुर राई उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरर्वाड साकेलाका प्रसान्त राई र बाम्राङका सुजन खवास उत्कृष्ट मिड फिल्डरलाई ट्रफी, मेडल र प्रमाणपत्रले सम्मान गरिएको समता फुटबल क्लबका सचिव सुमन हिङमाङले बताए ।

बेस्ट डिफेन्डर राम्सुर राई साकेला गाउँपालिका

प्रथम पुरस्कारको प्रायोजन एमालेका नेता दिपक ठटाल र माओवादीका नेता मिलन चाहारले गर्नुभएको थियो ।
त्यस्तै , दोस्रो पुरस्कारको प्रायोजन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका वडाध्यक्ष महेन्द्र राई र तेस्रो पुरस्कारको प्रयोजन ग्लोबल वरियन्स नेपालले गरेको थियो ।

पुरस्कार प्रायोजक द्वय दिपक ठटाल र मिलन चाहार सम्मन्पत्र ग्रहण गर्दै

भदौ २५ गतेबाट सुरु भएको समता खुला पुरुष फुटबल प्रतियोगिताको खेलमा १७ समुहले सहभागिता जनाएका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर