असार २९, २०८२ शनिबार

ऐसेलुखर्कमा ३ ठाउँको पहिरो पालिकाकै जेसिभी र स्काईभेटरले खोलेपछी बाटो सुचारु

खोटाङको रावाबेसी गाउँपालिका ५ दुबेकोल र ऐसेलुखर्क जोडने सडक  पहिरोका कारण अवरुबद्ध भएको ३ घण्टामा सडक खुलेको छ ।गएराती भारी वर्षातसँगै आएको पहिरोका कारण भिरपानीको सडक ३ ठाउमा ठुल ठुला पहिरोको  झरेपछि अवरुद्ध हुँदा सवारी सञ्चालन प्रभावित बनेको थियो ।जसका कारण लामो तथा छोटो दुरीका सवारी साधनहरु ठप्प बनेको थियो ।

अबरुद्ध सडक

अबरुद्ध सडक

अवरुद्ध सडक खुलाउन ऐसेलुखर्क  गाउँपालिकाले आफ्नै स्काइभेटर र जेसिबी को प्रयोग गरेर ३ घण्टा समय खर्चिएर गा.पा. अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष प्रहरी लगायतको अगुवाईमा सडक खोल्न सफल भएको ऐसेलुखर्क गाउँपालिकाका प्रमुख गिरेन्द्र बहादुर राईले मदानी खबर लाई बताउँनुभयो ।

पालिका अध्यक्ष गिरेन्द्र बहादुर राई

पालिका अध्यक्ष गिरेन्द्र बहादुर राई

भिरपानी आफैमा भाैगाेलिक हिसाबमा अतिनै अप्ठेरो ठाउँ रहेको छ । सो भिरपानीको बाटो सुधार गर्न ऐसेलुखर्क गाउपालिकाले विभिन्न साना तथा ठुला योजनाहरु समाबेस गरिरहेको छ । केही समय अघि बाट बाटो सोलिङ ,पानी बग्ने ड्रेन निर्माण लगाएतका काम त्यस ठाउँमा भैरहेको  छ ।

अबरुद्ध स्थलमा मेसिन सहित पालिकाको टिम

पहाडी उच्च भु-भाग साथै भाैगाेलिक बनावटका कारण बिगत बाट नै उक्त बाटो अबरुद्ध हुँदा लामो तथा छोटो दुरि तय गरेका यातायातको साधन र यात्रीहरु कष्ट खेप्दै आउनु परेको  थियो । पालिकाले आफै स्काईभेटर जेसिबी , सबदहन र मल्ट्री प्रपोजका लागि ट्र्याकटर खरिद गरेको थियो ।  आफै सङ्ग स्काईभेटर जेसिवी ट्र्याक्टर भएपछी छोटो समयमै बाटो खोल्न सम्भब भएको वडा नम्बर ३ का वडा अध्यक्ष टेकेन्द्र राज भण्डारिले बताउनु भयो ।

पहिरो झरेको स्थल

पहिरो झरेको स्थल

यी सामाग्रीहरु खरिद गर्दा केही प्रश्न उठे पनि यतिबेला भने  उचित आवश्यक रहेछ भनी  उत्तर दिएको छ ।  भिरपानी सडक खण्ड सहित पालिका प्रस्थान गर्ने ३ वटा सडक रहेको छ । यी ३ सडक मध्ये सबै भन्दा बढी भिरपानी सडक खण्ड प्रयोग हुँदै आएको छ । यश संगै पालिका भित्रका साना तथा ठुला बाटो खोल्न,बाटो सरसफाई गर्न जेसिबि स्काई भेटर, ट्रयाक्टर प्रयोगमा आईरहेको छ ।

अबरुद्ध सडक खुलाउदै पालिकाको स्काईभेटर

अबरुद्ध सडक खुलाउदै पालिकाको स्काईभेटर

बाटो खुलाए सगै लामो तथा छोटो दुरीका यातायातका साधन तथा यात्रुहरुलाई सहज भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर