श्रावण १२, २०८१ शनिबार

हलेसी तुवाचुङ नगरपालिका ३ मा महिला कृषि सहकारी स्थापना

खोटाङ, १९ असार । हरेक वडामा महिला कृषि सहकारी स्थापना गर्ने अभियान अन्तरगत खोटाङको हलेसी तुवाचुङ नगरपालिका– वडा नंम्बर ३ च्यास्मीटारमा महिला कृषि सहकारी संस्थाको भवन निर्माण गरिएको छ ।

नगरपालिकाको ९ लाख रुपैया र वडा कार्यालयको ३ गरी जम्मा १२ लाख रुपैयाको लागतमा एक तले दुई कोठे भवन निर्माण गरिएको हो । कृषि सहकारीको संस्थागत प्रयोजनका लागि बनाइएको भवन शनिबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई र उपमेयर रमेश राउतले उद्घाटन गरेका छन् ।नगरपालिकाको ‘एक वडा एक महिला कृषि सहकारी’ स्थापना गर्ने अभियान अन्तरगत स्थापना गरिएको महिला सहकारी समुहले आफ्नै भवन निर्माण गरेको हो ।

भवनको एक कोठा प्रशासनिक र अर्को कोठा सभाहलका रुपमा उपयोग गरिने सहकारीले जनाएको छ । सहकारीको भवन निर्माणका लागि समुहले गत तिहारमा टोल–टोलमा पुगेर देउसी कार्यक्रम पनि सञ्चालन गरेको थियो ।

भवन उद्घाटनका क्रममा मेयर राईले सहकारीमा आवद्ध गर्भवती र सुत्केरीको पोषण तथा जिविकोपार्जन कार्यक्रमका लागि ६ लाख २५ हजारको चेक हस्तान्तरण गरेकी छन् । सोही कार्यक्रमका वडाका १०३ ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको छ ।

यस्तै, ‘बालिका बचत’ कार्यक्रम अन्तरगत ९ बालिकालाई रकमको भौचर हस्तान्तरण गरिएको छ । नगरमा आर्थिक वर्ष २०७७र०७८ यता जन्मिएका छोरीको नाममा खाता खोलेर र ३ वर्षको उमेर पुग्दासम्म बार्षिक ४ हजारका दरले खातामा रकम जम्मा गरिदिनेगरी ‘बालिका बचत’ कार्यक्रम सञ्चालन भइरहेको छ ।

यस्तो छ महिला कृषि सहकारी अभियान
कृषि सहकारीमार्फत महिलालाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने हलेसी तुवाचुङ नगरपालिकाको लक्ष्य अनुशार आर्थिक वर्ष २०७६र०७७ देखि हरेक वडामा महिला कृषि सहकारी स्थापनाको काम अघि बढाइएको थियो ।तरकारी खेती, फूल खेती, सिन्के धुप उत्पादन, व्यापार व्यवसाय लगायतका उद्यम सञ्चालन गर्न प्रोत्साहित गर्ने र उद्यम सम्वन्धी कामबाट आएको आम्दानीलाई बचत गर्दै महिलालाई आर्थिकरुपमा आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले वडा–वडामा महिला कृषि सहकारी स्थापनाको अवधारणा अघि सारिएको मेयर राईले बताउनु भयो ।

कृषि सहकारीको माध्यमबाट महिलालाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने तथा ऋणका लागि चर्को व्याज असुल गर्ने विभिन्न वित्तीय संस्थालाई गुहार्नु पर्ने वाध्यताबाट महिलालाई मुक्ती दिलाउने लक्ष्य राखिएको छ ।नगरपालिकाका ११ वडामध्ये हालसम्म च्यास्मीटार, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा मखमली बचत तथा ऋण सहकारी, हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा हलेसी महिला कृषि सहकारी र हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा महिला कृषि सहकारी स्थापना गरिसकिएको छ ।हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे र हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेको दुधकोसी महिला कृषि सहकारी भने स्थानीय तह कार्यान्वयनमा आउन अगाडि महिला बिकास कार्यालयको पहलमा स्थापना गरिएको थियो ।अन्य वडामा पनि क्रमशः महिला कृषि सहकारी स्थापनाको काम अघि बढाइएको छ । स्थानीय तह कार्यान्वयनमा आएपछि सबैभन्दा पहिला दुर्छिममा महिला कृषि सहकारी स्थापना गरिएको थियो ।

सहकारी स्थापनाकाक्रममा नगरपालिकाकातर्फबाट बीउ पुँजी पनि उपलव्ध गराउने व्यवस्था मिलाइएको मेयर राईले बताईन् । ‘महिलालाई संगठिन गर्दै व्यापार व्यवसायमा संलग्न गराउने र त्यसबाट आउने आम्दानीलाई बचत गर्दै उत्पादनमुलक ठाउँमा खर्च गर्ने वानीको बिकास गर्ने हाम्रो लक्ष्य हो,’ मेयर राईले भनिन्, ‘यसबाट नगरपालिकाका महिला आर्थिकरुपमा आत्मनिर्भर बन्ने अपेक्षा गरिएको छ ।’

विभिन्न वडाका महिलाले उत्पादन गरेको थोकवस्तु बिक्री वितरणका लागि कोसेसी घर वा संकलन केन्द्र सञ्चालन गर्ने योजना बनाइएको छ । व्यवसाय सञ्चालनका लागि महिलालाई सम्वन्धित व्यवसायका विषयमा सीपमुलक तालिमको व्यवस्था समेत गरिएको छ । हलेसीमा स्थापना गरिएको हलेसी कृषि महिला सहकारी संस्थाले हालसम्म ९ लाख बचत गरिसकेको र ६ लाख लगानी गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

गणेश राई संग नेता भट्टराई लागायत नेता कार्यकर्ता

नेता बिशाल भट्टराईको सहयोगमा खोटाङका फरक क्षमता भएका व्यक्ति पुन काममा फर्किए

  २०८१ श्रावण ११, शुक्रबार

धान रोपाईको प्रेम कहानी “टारि खेतमा “अर्जुना राईले म्युजिक भिडियो द्वारा सार्वजनिक

  २०८१ असार ३१, सोमबार

प्रदेश स्तरिय महिला फुटबल प्रतियोगीतामा झापा बिजेता बनेको छ

  २०८१ असार २५, मंगलबार

केएफए खेलकुद पत्रकारिता पुरस्कार भट्टराईलाई

  २०८१ जेठ १२, शनिबार

ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्नलाई पक्राउ गरी सार्वजनिक

  २०८१ जेठ ६, आइतबार

खोटाङ्का ट्राफिक प्रहरी मृत अवस्थामा फेला

  २०८१ जेठ ५, शनिबार

प्रथम अध्यक्ष कप’ महिला/पुरुषप्रतियोगीताको उपाधी पुरुष तर्फ दमक महिला भोजपुर आमचोक

  २०८१ जेठ १, मंगलबार

सम्बन्धित खबर