मंग्सिर २१, २०८० बिहिबार

खोटाङमा १३ औं सितोरियो कराते प्रतियोगीता

खोटाङमा १३ औं सितोरियो कराते प्रतियोगीता, दिक्तेल डोजो प्रथम

खोटाङमा १३ औं सितोरियो कराते प्रतियोगीता,

खोटाङ,। खोटाङको दिक्तेलमा आयोजित १३ औं जिल्ला स्तरिय सितोरियो कराते प्रतियोगीतामा दिक्तेल डोजो प्रथम भएका छन् ।

 

नेपाल सितोरियो कराते संघको आयोजनामा शनिबार आयोजना गरिएको प्रतियोगीतामा १३ कास्य, १० रजत र १३ कास्य सहित दिक्तेल डोजोले प्रथम स्थान प्राप्त गरेको हो । जिल्ला खेलकुद बिकास समितिको कबर्ड हलमा सञ्चालित प्रतियोगीतामा ६ स्वर्ण, ८ रजत र १५ कास्य सहित हलेसी डोजो दोश्रो भएका छन् । यस्तै, ३ स्वर्ण, ३ रतज र १६ कास्य सहित जालपा डोजोले तेश्रो स्थान प्राप्त गरेको आयोजक नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताए ।

कुल ८४ पदकका लागि भएको २२ इभेन्टको प्रतियोगीताका वितेजा टिमलाई मेडल र प्रमाण–पत्र प्रदान गरिएको छ । समापन कार्यक्रमको प्रमुख अतिथिका रुपमा हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले बिजेता टिमलाई मेडल र प्रमाण–पत्र हस्तान्तरण गरेकी छन् । प्रतिष्पर्धामा पुरुषतर्फ हलेसी डोजोका युनिस राई र महिलातर्फ दिक्तेल डोजोकी परिना राईले बेष्ट फाइटरको उपाधि जितेका छन् । अनुशासित टिमको उपाधि हलेसी डोजोले हात पारेका छन् । वर्ष उत्कृष्ट खेलाडी २०७८ को उपाधि भने दिक्तेल डोजोकी श्रेय राईले पाएकी छन् । उनीहरुलाई ट्रफी र प्रमाण–पत्र प्रदान गरिएको छ ।

प्रतियोगीतामा अन्तर्राष्ट्रिय खेलाडी बिचारी तामाङ संयोजकत्वको टिमले निर्णायकको भूमीका निर्वाह गरेका थिए । प्रतियोगीता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले उद्घाटन गरेका थिए । कार्यक्रम नेपाल सितोरियो कराते संघका सदस्य एवं प्रतियोगीताका संयोजक अर्जुन श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो ।

कोभिड–१९ को महामारीका कारण एक वर्ष रोकिएको जिल्ला स्तरिय सितोरियो कराते प्रतियोगीता यसपल्ट आयोजना गरिएको हो । २०७७ चैतमा १३ औं जिल्ला स्तरिय सितोरियो कराते प्रतियोगीता आयोजना गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

नवौ उद्योग दिवसको अवसर पारेर घरेलु तथा साना उद्योग कार्यालय खोटाङ द्वारा उद्योमी सम्मान

  २०८० मंग्सिर ९, शनिबार

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान खोटाङ जिल्लामा सुरु यस्तो छ सेडुल

  २०८० मंग्सिर ९, शनिबार

केपिलास गढी गापामा आगो लागिबाट सख्त घाईते सरिताको गाउँपालिकाले उपचार गरिदिदै

  २०८० मंग्सिर ४, सोमबार

सोलुखुम्बुको एक आश्रममा आगलागी हुँदा २५ लाखको क्षति

  २०८० मंग्सिर ३, आइतबार

सोल्मा समाजिक गुठिले राष्ट्रिय र स्थानिय कलाकारको प्रस्तुति सहितको कार्यक्रम गर्दै

  २०८० कार्तिक २१, मंगलबार

सुक्रबार राती भूकम्पमा परेर उपमेयरको मृत्यु

  २०८० कार्तिक १८, शनिबार

मध्य राति ६.४ म्याग्निच्युडको भूकम्प

  २०८० कार्तिक १८, शनिबार

सम्बन्धित खबर