पुष १३, २०८२ शनिबार

भुकम्पको केन्द्रबिन्दु साकेला ५ मात्तिम बिर्ता

आईतबार बिहान ८ बजेर १३ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको छ ।                                                                      राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रका भुकम्पबिद लोक बिजय अधिकारीका अनुसार  खोटाङको साकेला गाउपालिक वडा नम्बर ५ मात्तिम बिर्तालाई केन्द्र बिन्दु बनाएर ८ बजेर १३ मिनेटको समयमा ६ रेक्टर स्केलको भुकम्प गएको मदानी खबरलाई जानकारी दिनु भयो । भुकम्प गएको केहि समय पस्चात पनि साधारण धक्काको महसुस गरिएको थियो । साकेला गाउपालिका मात्तिमका स्थानीय  गोपि खड्काका  अनुसार अहिले सम्मपनि पटक पटक गरि ४ पटक सम्म साधारण धक्का र कम्पनको महसुस भईरहेको छ । सायद डरले पनि हुन सक्छ यसै भुई चालै गईरहेको छ जस्तो आभास भै रहेछ , ठूलो भुकम्प आउदा २ फिट माथी उफार्दो रहेछ केही सेकेन्ड मात्र आएको भए निक्कै खतरा अबस्था आउने थियो  उहाले अनुभव सेयर गर्नु भयो । भुकम्पले जिल्लामा मानविय,भाैतिक र पशुचाैपायलाई कुनै क्षति भने नगरेकाे प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले मदानी खबरलाई जानकारी गराउनु भयो । आईतबार बिहान गएको भुकम्पको धक्का पुर्बी पहाडी जिल्ला खोटाङ, भोजपुर,उदयपुर,सोलुखुम्बु,ओखलढुंगा ,धरान संगै काठमाडौ उपत्यकामा पनि साधारण धक्का महसुस गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

खोटाङमा अशक्त वृद्ध दम्पतीको घरमा लुटपाट

  २०८२ पुष ९, मंगलबार

वडामा आएको बजेट विवादका क्रममा काकाद्वारा भतिजा माथी वडा कार्यालय परिसरमा हातपात

  २०८२ पुष ५, शुक्रबार

‘साकेला खोटाङ, मेरो गाउँ’ सार्वजनिक : सांस्कृतिक पहिचान झल्काउने मौलिक सिर्जना

  २०८२ मंग्सिर १८, मंगलबार

कविता–सङ्ग्रह ‘घुम्ती बिक्रिमा छ’ लोकार्पण, साहित्यिक विमर्शले रंगियो कुञ्ज थिएटर

  २०८२ मंग्सिर १५, शनिबार

सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखनमा जानुपर्ने किरणको माग

  २०८२ मंग्सिर १२, बुधबार

नेकपा एमालेको भ्रातृ संगठन ‘नेशनल भोलिन्टियर फोर्स’ गठन

  २०८२ मंग्सिर ७, शुक्रबार

बिमल स्मृति राष्ट्रिय कविता प्रतियोगिता–२०८२ : कवि रिजन मायालु प्रथम

  २०८२ कार्तिक २२, बिहिबार

सम्बन्धित खबर