कार्तिक ३, २०८२ शनिबार

खोटाङ्का ट्राफिक प्रहरी मृत अवस्थामा फेला

Oplus_131072

खोटाङ घर भई ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी युवराज घिमिरेको काठमाडौंको तारकेश्वर नगरपालिका ९, मनमैजुमा शंकास्पद अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

बिहीबार ड्यूटी सकेर निस्किएका उनी त्यसपछि कार्यालयमा फर्किएका थिएनन् । अपराह्न मृत भेटिएको खबर आएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली घटनास्थलमा पुगेको छ ।

घटनास्थलमा पुगेका एक प्रहरी अधिकृतका अनुसार, निर्माणाधीन घरको तल उनी मृत अवस्थामा भेटिएका हुन् । शव भेटिएलगत्तै प्रहरीको केनाइन शाखाबाट तालिम प्राप्त कुकुरलाई पनि घटनास्थलमा लगिएको छ ।

प्रारम्भिक जाँच गरेर शवलाई पोष्टमार्टमका लागि पठाइएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको छ,अपराधीलाई तत्काल खोजीकार्य गरी कार्यबाहीमा लाग्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

हलेसी तुवाचुङमा शान्ति–सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

  २०८२ असोज १०, बिहिबार

उपरकोटीलाई खोटाङ र सोलुखुम्बु अनेरास्ववियु इन्चार्जको जिम्मेवारी

  २०८२ श्रावण १९, शनिबार
वाम्बुले राई सेवा समाज द्वारा बासुरी दिवस तथा खिर खाने कार्यक्रम

वाम्बुले राई समाज नेपालद्वारा ‘बासुरी दिवस तथा खिर खाने कार्यक्रम’ भव्य रूपमा सम्पन्न

  २०८२ श्रावण १७, बिहिबार

खोटाङको केपिलास गाउँपालिका–६, दिप्सुङमा सञ्चालित ‘एक घर एक धारा’ खानेपानी योजना सम्पन्न

  २०८२ श्रावण १५, मंगलबार
वडा अध्यक्ष जेफर राईले आफ्नो प्राप्त सुविधा बापतको रकम पेल्टिसेट मर्मत गरिदिने

सावाकटहरेमा अन्धकार अन्त्य गर्न वडा अध्यक्ष द्वारा ३६ हजार सहयोगको घोषणा

  २०८२ श्रावण ७, सोमबार
नेकपा एमालेको बैठक सुरु

नेकपा एमालेको केन्द्रीय कमिटीको नवौं बैठक च्यासलमा सुरु, विधान संशोधनको मस्यौदा प्रस्तुत

  २०८२ श्रावण ७, सोमबार
मेयर तीर्थराज भट्टराई

बाँसलाई राष्ट्रिय नीति बनाउन माग: खोटाङका नगरप्रमुख भोक हड्तालका लागि काठमाडौंमा

  २०८२ श्रावण ६, आइतबार

सम्बन्धित खबर