कार्तिक १०, २०८२ शनिबार

रावा बेसी गाउँपालिकामा नेवाः देय् दबू रावा बेसी गाउँपालिकाको प्रथम पालिका अधिबेशन सम्पन्न

प्रेम श्रेष्ठ / खोटाङको रावा बेसी गाउँपालिकामा नेवाः देय् दबू रावा बेसी गाउँपालिकाको प्रथम पालिका अधिबेशन सम्पन्न भएको छ । जेष्ठ सदस्य भिमनारायण श्रेष्ठको अध्यक्षता र रावा बेसी गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।


अधिवेशनबाट काजी बहादुर श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय पालिका समिति गठन भएको छ । अध्यक्ष काजी बहादुर श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष केशर बहादुर श्रेष्ठ, उपाध्यक्ष दिपक श्रेष्ठ, महिला उपाध्यक्ष प्रमिला श्रेष्ठ, सचिव चित्र बहादुर श्रेष्ठ, महिला सचिव जानुका श्रेष्ठ, काेषाध्यक्ष चुडामणि श्रेष्ठको सर्वसहमत चयन भएको छ ।


अधिवेशनमा रावा बेसी गा.पा. उपाध्यक्ष कौशिला कुमारी गुरुङ, वडा नं. ४ का वडा अध्यक्ष ज्ञान बहादुर पाण्डे र वडा नं. १ का वडा सदस्य विशाल राई, नेवा: देय् दवू कोशी प्रदेश समिति सदस्य अम्बर श्रेष्ठ, नेवा: देय् दवू कोशी प्रदेश समिति निवर्तमान सदस्य इन्द्र कसजु, नेवा: देय दवु जिल्ला समिति सचिव गोपाल श्रेष्ठ, नेवा: देय दवु जिल्ला समिति सदस्य लिलानारायण श्रेष्ठ, नेवा: देय दवु जिल्ला समिति सदस्य यज्ञनारायण श्रेष्ठ, रावा बेसी गाउँपालिका भित्रका नेवार सेवा समाजका विभिन्न पदका पदाधिकारीहरु लगायतको उपस्तिथि रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

हलेसी तुवाचुङमा शान्ति–सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

  २०८२ असोज १०, बिहिबार

उपरकोटीलाई खोटाङ र सोलुखुम्बु अनेरास्ववियु इन्चार्जको जिम्मेवारी

  २०८२ श्रावण १९, शनिबार
वाम्बुले राई सेवा समाज द्वारा बासुरी दिवस तथा खिर खाने कार्यक्रम

वाम्बुले राई समाज नेपालद्वारा ‘बासुरी दिवस तथा खिर खाने कार्यक्रम’ भव्य रूपमा सम्पन्न

  २०८२ श्रावण १७, बिहिबार

खोटाङको केपिलास गाउँपालिका–६, दिप्सुङमा सञ्चालित ‘एक घर एक धारा’ खानेपानी योजना सम्पन्न

  २०८२ श्रावण १५, मंगलबार
वडा अध्यक्ष जेफर राईले आफ्नो प्राप्त सुविधा बापतको रकम पेल्टिसेट मर्मत गरिदिने

सावाकटहरेमा अन्धकार अन्त्य गर्न वडा अध्यक्ष द्वारा ३६ हजार सहयोगको घोषणा

  २०८२ श्रावण ७, सोमबार
नेकपा एमालेको बैठक सुरु

नेकपा एमालेको केन्द्रीय कमिटीको नवौं बैठक च्यासलमा सुरु, विधान संशोधनको मस्यौदा प्रस्तुत

  २०८२ श्रावण ७, सोमबार
मेयर तीर्थराज भट्टराई

बाँसलाई राष्ट्रिय नीति बनाउन माग: खोटाङका नगरप्रमुख भोक हड्तालका लागि काठमाडौंमा

  २०८२ श्रावण ६, आइतबार

सम्बन्धित खबर