कार्तिक ३, २०८२ शनिबार

पत्रकार महासंघ खोटाङ द्वारा पाँच दिने आधारभूत पत्रकारिता तालिम

 

नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङले पाँच दिने आधारभूत पत्रकारिता तालिम सुरु गराएको छ। घरेलु तथा सानो उद्योग खोटाङको आर्थिक सहयोगमा शुक्रबारदेखि दिक्तेलस्थित समिक्षालय हलमा तालिम सुरु गराएको हो।

 

तालिममा २५ जना प्रशिक्षार्थीहरुले सहभागिता जनाएको महासंघका सचिव राजकुमार भट्टराईले बताए। तालिमको प्रमुख प्रशिक्षकमा पत्रकार दमन राई, प्रशिक्षकहरुमा कृष्ण आचार्य, डम्बर सिं राई, दिलीप खत्री, भिम राई, उत्तम चौलागाँई रहेका छन्।

तालिमको उदघाटन सत्रमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हिराधन राईले सूचनाको हक सम्बन्धि र प्रमुख प्रशिक्षक राईले पत्रकारिताको परिचयका विषयमा सहजीकरण गरेका थिए।
पत्रकारिता र समाजशास्त्रको विषयमा उप-प्राध्यापक ध्रुव श्रेष्ठ र पत्रकारितामा कानूनी विषयमा अधिवक्ता ओमप्रकाश घिमिरेले सहजीकरण गर्ने कार्यक्रमको सेडुल रहेको छ।

तालिमको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले निकटतम हुन लागिरहेको प्रथम राष्ट्रिय बाँस सम्मेलन सम्बन्धि समाचार वाचन गरेर उदघाटन गरेका थिए। जिल्लाको पत्रकारितामा जनशक्ति थप गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको महासंघका जिल्ला अध्यक्ष हरिबोल आचार्यले मदानी खबरलाई बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

हलेसी तुवाचुङमा शान्ति–सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

  २०८२ असोज १०, बिहिबार

उपरकोटीलाई खोटाङ र सोलुखुम्बु अनेरास्ववियु इन्चार्जको जिम्मेवारी

  २०८२ श्रावण १९, शनिबार
वाम्बुले राई सेवा समाज द्वारा बासुरी दिवस तथा खिर खाने कार्यक्रम

वाम्बुले राई समाज नेपालद्वारा ‘बासुरी दिवस तथा खिर खाने कार्यक्रम’ भव्य रूपमा सम्पन्न

  २०८२ श्रावण १७, बिहिबार

खोटाङको केपिलास गाउँपालिका–६, दिप्सुङमा सञ्चालित ‘एक घर एक धारा’ खानेपानी योजना सम्पन्न

  २०८२ श्रावण १५, मंगलबार
वडा अध्यक्ष जेफर राईले आफ्नो प्राप्त सुविधा बापतको रकम पेल्टिसेट मर्मत गरिदिने

सावाकटहरेमा अन्धकार अन्त्य गर्न वडा अध्यक्ष द्वारा ३६ हजार सहयोगको घोषणा

  २०८२ श्रावण ७, सोमबार
नेकपा एमालेको बैठक सुरु

नेकपा एमालेको केन्द्रीय कमिटीको नवौं बैठक च्यासलमा सुरु, विधान संशोधनको मस्यौदा प्रस्तुत

  २०८२ श्रावण ७, सोमबार
मेयर तीर्थराज भट्टराई

बाँसलाई राष्ट्रिय नीति बनाउन माग: खोटाङका नगरप्रमुख भोक हड्तालका लागि काठमाडौंमा

  २०८२ श्रावण ६, आइतबार

सम्बन्धित खबर