मंग्सिर २०, २०८२ बिहिबार

“बिर्सिएकाे मायालुलाई सम्झदै ऋजन मायालुले ल्याए म्युजिक भिडियाे!”

मायालुलाई सम्झदै ऋजन मायालुले ल्याए म्युजिक भिडियाे!

स्वरूप राज आचार्यको आवाजमा सजिएको ऋजन मायालुकाे नयाँ गीत “बिर्सिएछाै मायालु”सार्वजनिक भएको छ।

संजय सुमनको संगीत संयोजनमा तयार भएको यो गीतले प्रेमका भावनालाई शब्द, धुन र दृश्यमार्फत प्रस्तुत गरेको छ।

गीतमा जीवनका आरोह–अवरोहलाई शब्दमा उतारिएको छ भने पूर्वेली बतासका साउतीहरूलाई धुनमा मिसाइएको छ। मुटुका स्पन्दनबाट उठेका सुरहरूले गीतलाई अझ प्रभावशाली बनाएका छन्। ईलामे तिनपाते चियाको मिठास जस्तै, यो गीतले पनि दर्शक–श्रोतालाई गहिरो स्वाद दिन्छ।

गीतमा स्वर: स्वरूप राज आचार्यकाे रहेकाे छ भने संगीत: संजय सुमन, संगीत संयोजन (एरेन्जर): रिदम कँडेलले गर्नुभएकाे छ। याे गितकाे रेकर्डिङ स्टुडियो: A One Musicianमा भएकाे हाे।गितकाे रेकर्डिस्ट राजेश श्रेष्ठ,मिक्सिङ/मास्टरिङ: किशोर थापाले गर्नुभएकाे छ।

यस्तै म्युजिक भिडियोमा मुख्य भूमिकामा ऋजन मायालु / स्वस्तिका मुखिया हुनुहुन्छ।क्यामेरा तथा सम्पादनमा दिलीप थाम्सुङ / सुमित राई,पोस्टप्रोडक्सनमा थाम्सुङ प्रोडक्सन रहेकाे यस भिडियाेकाे निर्देशन सुनिता तामाङले गर्नुभएकाे छ।

ईलाममा बसेर साहित्य सिर्जना र साधनामा जीवन बिताईरहनुभएका सर्जक ऋजन मायालु बैंकिङ सेवामा आवद्द हुनुहुन्छ। उहाँकाे नयाँ कविता संग्रह “घुम्ती बिक्रिमा छ” प्रकाशाेन्मुख छ।यसै भिडियाेसँगै उहाँले मोडलिङ क्षेत्रमा पनि आफ्नो डेब्यु गरेका छन्। कविताका पानामा सीमित रहँदै आएका उनी, अब फराकिलो क्यानभासमा प्रस्तुत भएका छन्।

“बिर्सिएछौं मायाले” टीमले निर्माण गरेको यस भिडियोले दर्शकहरूको मन जित्ने विश्वास गरिएको छ।
गीत युट्युब

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

‘साकेला खोटाङ, मेरो गाउँ’ सार्वजनिक : सांस्कृतिक पहिचान झल्काउने मौलिक सिर्जना

  २०८२ मंग्सिर १८, मंगलबार

कविता–सङ्ग्रह ‘घुम्ती बिक्रिमा छ’ लोकार्पण, साहित्यिक विमर्शले रंगियो कुञ्ज थिएटर

  २०८२ मंग्सिर १५, शनिबार

सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखनमा जानुपर्ने किरणको माग

  २०८२ मंग्सिर १२, बुधबार

नेकपा एमालेको भ्रातृ संगठन ‘नेशनल भोलिन्टियर फोर्स’ गठन

  २०८२ मंग्सिर ७, शुक्रबार

बिमल स्मृति राष्ट्रिय कविता प्रतियोगिता–२०८२ : कवि रिजन मायालु प्रथम

  २०८२ कार्तिक २२, बिहिबार

हलेसी तुवाचुङमा शान्ति–सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

  २०८२ असोज १०, बिहिबार

उपरकोटीलाई खोटाङ र सोलुखुम्बु अनेरास्ववियु इन्चार्जको जिम्मेवारी

  २०८२ श्रावण १९, शनिबार

सम्बन्धित खबर