श्रावण १, २०८२ मंगलबार

ऐसेलुखर्क गाउँपालिकाको नव निर्मित प्रशासकीय भवन उद्घाटन

ऐसेलुखर्क, असार २७ — खोटाङ जिल्लाको ऐसेलुखर्क गाउँपालिकामा नव निर्मित प्रशासकीय भवनको उद्घाटन समारोह आज शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ।

गाउपालिका भवन उद्घाटन

गाउपालिका भवन उद्घाटन

गाउपालिका भवन उद्घाटन

गाउपालिका भवन उद्घाटन

गाउँपालिका पूर्वाधार विकास समिति संयोजक तथा वडा नं. ७ का अध्यक्ष श्री अरुण राईको अध्यक्षतामा आयोजित समारोहमा प्रमुख अतिथिका रूपमा गाउँपालिका अध्यक्ष श्री गिरेन्द्र बहादुर राई उपस्थित हुनुहुन्थ्यो। उपाध्यक्ष श्री राजेश कुमार राजभण्डारी, निवर्तमान अध्यक्ष श्री विश्वनाथ निरौला, प्रमुख प्रशासकीय अधिकृत श्री रेख बहादुर थापा लगायत अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

गाउपालिका भवन उद्घाटन

गाउपालिका भवन उद्घाटन

 

उक्त कार्यक्रममा सातै वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, इलाका प्रहरी कार्यालय ऐसेलुखर्क, रणभिम गण, इलाका प्रशासन कार्यालय, राष्ट्रिय वाणिज्य बैंक शाखा ऐसेलुखर्कका प्रमुख तथा प्रतिनिधिहरू, पत्रकार, पूर्व वडाध्यक्ष, विभिन्न सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, वडा सदस्यहरू, गाउँपालिकाका कर्मचारीहरू तथा स्थानीय बासिन्दाहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।

गाउपालिका भवन उद्घाटन

गाउपालिका भवन उद्घाटन

गाउँपालिकाले सूचित गरेअनुसार, आगामी असार २९ गते आइतबारदेखि नव निर्मित भवनबाट सेवा प्रवाह प्रारम्भ गरिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

मोबाईल चार्जर बाट निकाल्ने क्रममा करेन्ट लागि एक महिलाको मृत्युु

  २०८२ असार ३१, सोमबार
रक्तदान गरेर मनाइयो मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २६औं स्थापना दिवस

रक्तदान गरेर मनाइयो मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २६औं स्थापना दिवस

  २०८२ असार ३०, आइतबार

ऐसेलुखर्क गाउँपालिकाको नव निर्मित प्रशासकीय भवन उद्घाटन

  २०८२ असार २८, शुक्रबार

विनेसाम जापानको छैटौँ स्थापना दिवस तथा गजल सन्ध्या सम्पन्न

  २०८२ असार ७, शुक्रबार

१२ कोठे विद्यालय भवन ६ महिनामै निर्माण सम्पन्न

  २०८२ असार ३, सोमबार

खोटाङ्कि टिकटकर रमा बस्नेत पक्राउ

  २०८२ असार २, आइतबार

हलेसी तुवाचुङ नगरपालिका द्वारा कोदोको परिकार सम्बन्धि सीप विकास तालिम सम्पन्न

  २०८२ जेठ ३२, शुक्रबार

सम्बन्धित खबर