कार्तिक ९, २०८२ शुक्रबार

मोबाईल चार्जर बाट निकाल्ने क्रममा करेन्ट लागि एक महिलाको मृत्युु

खोटाङ, २०८२ असार ३०
जिल्ला खोटाङको बारापोखरी गाउँपालिका–४ फाक्टाङमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही स्थान बस्ने वर्ष लगभग २५ की इन्द्रा राई रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। घटनास्थलमा प्राप्त जानकारी अनुसार, राति करिब साढे १० बजेको समयमा उनले मोबाइल चार्जरबाट मोबाइल छुटाउने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी  दिएको छ।

करेन्ट लागेपछि तत्कालै उपचारका लागि प्रयास गरिए पनि घटनास्थलमै उनको ज्यान गएको स्थानीय स्रोतले जनाएको छ। घटनाको विस्तृत विवरण तथा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

विद्युत् उपकरण प्रयोग गर्दा सावधानी नअपनाउँदा यस्ता घटनाहरू बढिरहेको अवस्थामा, सरोकारवालाहरूले सचेत रहन जिल्ला प्रहरी कार्यालय खोटाङले आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

हलेसी तुवाचुङमा शान्ति–सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

  २०८२ असोज १०, बिहिबार

उपरकोटीलाई खोटाङ र सोलुखुम्बु अनेरास्ववियु इन्चार्जको जिम्मेवारी

  २०८२ श्रावण १९, शनिबार
वाम्बुले राई सेवा समाज द्वारा बासुरी दिवस तथा खिर खाने कार्यक्रम

वाम्बुले राई समाज नेपालद्वारा ‘बासुरी दिवस तथा खिर खाने कार्यक्रम’ भव्य रूपमा सम्पन्न

  २०८२ श्रावण १७, बिहिबार

खोटाङको केपिलास गाउँपालिका–६, दिप्सुङमा सञ्चालित ‘एक घर एक धारा’ खानेपानी योजना सम्पन्न

  २०८२ श्रावण १५, मंगलबार
वडा अध्यक्ष जेफर राईले आफ्नो प्राप्त सुविधा बापतको रकम पेल्टिसेट मर्मत गरिदिने

सावाकटहरेमा अन्धकार अन्त्य गर्न वडा अध्यक्ष द्वारा ३६ हजार सहयोगको घोषणा

  २०८२ श्रावण ७, सोमबार
नेकपा एमालेको बैठक सुरु

नेकपा एमालेको केन्द्रीय कमिटीको नवौं बैठक च्यासलमा सुरु, विधान संशोधनको मस्यौदा प्रस्तुत

  २०८२ श्रावण ७, सोमबार
मेयर तीर्थराज भट्टराई

बाँसलाई राष्ट्रिय नीति बनाउन माग: खोटाङका नगरप्रमुख भोक हड्तालका लागि काठमाडौंमा

  २०८२ श्रावण ६, आइतबार

सम्बन्धित खबर