भाद्र २९, २०८२ शनिबार

ऐसेलुखर्क गाउँपालिकामा कृषि यान्त्रिकीकरण कार्यक्रम सम्पन्न

ऐसेलुखर्कमा कृषि यान्त्रिकीकरण कार्यक्रम सम्पन्न

ऐसेलुखर्क गाउँपालिकामा ‘अध्यक्ष कृषि तथा पशुपालन यान्त्रिकीकरण ८०% अनुदान कार्यक्रम’ अन्तर्गत विभिन्न कृषक समूहहरूलाई कृषि उपकरणहरू वितरण गरिएको छ।

गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को स्वीकृत बजेटअनुसार सञ्चालित उक्त कार्यक्रम आज शुक्रबार सम्पन्न भएको हो। कार्यक्रम गाउँपालिका अध्यक्ष  गिरेन्द्र बहादुर राई को प्रमुख आतिथ्यता र उपाध्यक्ष श्री राजेश कुमार राजभण्डारीको  विशेष अतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममार्फत ६ थान मिनि पावर टिलर, ५ थान मल्टी क्रप थ्रेसर, ७ थान कम्बाइन मिल, र २४ थान इलेक्ट्रिक मदानी कृषक समूहहरूलाई हस्तान्तरण गरिएको हो।
गाउँपालिकाका प्रवक्ता टेकेन्द्र राजभण्डारीका अनुसार यस्ता उपकरणहरू वितरण गर्नुको उद्देश्य कृषिमा प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्दै उत्पादनशीलता वृद्धि गर्नु रहेको छ।

ऐसेलुखर्कमा कृषि यान्त्रिकीकरण कार्यक्रम सम्पन्न

ऐसेलुखर्कमा कृषि यान्त्रिकीकरण कार्यक्रम सम्पन्न

कार्यक्रममा सहभागी कृषकहरूले उपकरण प्राप्त भएपछि अब कृषि कार्यमा समय, लागत र श्रम घट्ने विश्वास व्यक्त गरेका छन्। साथै उनीहरूले उत्पादन वृद्धिको आशा व्यक्त गर्दै गाउँपालिकालाई धन्यवाद समेत दिएका छन्।

गाउँपालिका अध्यक्ष गिरेन्द्र बहादुर राईले यान्त्रिकीकरणमार्फत आत्मनिर्भर कृषि प्रणाली निर्माण गर्नु गाउँपालिकाको प्राथमिक योजना भएको उल्लेख गर्नुभयो। भविष्यमा थप प्रविधि र उपकरण कृषकसम्म पुर्‍याउने समेत प्रतिबद्धता उहाँले जनाउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

उपरकोटीलाई खोटाङ र सोलुखुम्बु अनेरास्ववियु इन्चार्जको जिम्मेवारी

  २०८२ श्रावण १९, शनिबार
वाम्बुले राई सेवा समाज द्वारा बासुरी दिवस तथा खिर खाने कार्यक्रम

वाम्बुले राई समाज नेपालद्वारा ‘बासुरी दिवस तथा खिर खाने कार्यक्रम’ भव्य रूपमा सम्पन्न

  २०८२ श्रावण १७, बिहिबार

खोटाङको केपिलास गाउँपालिका–६, दिप्सुङमा सञ्चालित ‘एक घर एक धारा’ खानेपानी योजना सम्पन्न

  २०८२ श्रावण १५, मंगलबार
वडा अध्यक्ष जेफर राईले आफ्नो प्राप्त सुविधा बापतको रकम पेल्टिसेट मर्मत गरिदिने

सावाकटहरेमा अन्धकार अन्त्य गर्न वडा अध्यक्ष द्वारा ३६ हजार सहयोगको घोषणा

  २०८२ श्रावण ७, सोमबार
नेकपा एमालेको बैठक सुरु

नेकपा एमालेको केन्द्रीय कमिटीको नवौं बैठक च्यासलमा सुरु, विधान संशोधनको मस्यौदा प्रस्तुत

  २०८२ श्रावण ७, सोमबार
मेयर तीर्थराज भट्टराई

बाँसलाई राष्ट्रिय नीति बनाउन माग: खोटाङका नगरप्रमुख भोक हड्तालका लागि काठमाडौंमा

  २०८२ श्रावण ६, आइतबार

एमालेको राष्ट्रिय खेलकुद महासंघ सामाजिक सेवा तथा स्वयमसेवक बिभाग द्वारा सरसफाइ तथा सामग्री वितरण कार्यक्रम सम्पन्न

  २०८२ श्रावण ५, शनिबार

सम्बन्धित खबर