मंग्सिर २०, २०८२ बिहिबार

खोटाङमा एमसीसी सम्झौताको विरुद्धमा बन्द गराउँदै हिँड्ने पाँच बन्दकर्ता पक्राउ

मदानी खबर , खोटाङमा एमसीसी सम्झौताको विरुद्धमा बन्द गराउँदै हिँड्ने पाँच बन्दकर्ता पक्राउ परेका छन् ।

एमसीसी सम्झौता विरुद्ध मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले देशव्यापी आव्हान गरेको बन्द सफल बनाउन हिँडेका पाँच बन्दकर्तालाई प्रहरीले दिक्तेलबाट पक्राउ गरेको हो ।
मोहन वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी०का नेता झमप्रसाद आचार्य, नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता सुदीप शर्मा लागायत पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । मध्यपहाडी लोकमार्गमा यातायात बन्द गराउँदै हिँडिरहेको अवस्थामा पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्लामा एमसीसी सम्झौता विरुद्ध आव्हान गरिएको बन्दको प्रभाव सबैभन्दा बढी शैक्षिक संस्थामा परेको छ । यातायातमा पनि आंशिक प्रभाव परेको छ । यद्यपी, प्रहरीले भने बजार तथा यातायातमा बन्दको प्रभाव नपरेको जनाएको छ । बन्दको हल्लाबीच दिक्तेलबाट दैनिक काठ्माण्डौं, इटहरी लगायतका लागि छुट्ने सवारी साधन बिहान छुटाइएको थियो । यात्रु बाहक सवारी साधनलाई प्रहरीले स्कटिङ गर्दै गन्तव्य स्थानतर्फ पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

‘साकेला खोटाङ, मेरो गाउँ’ सार्वजनिक : सांस्कृतिक पहिचान झल्काउने मौलिक सिर्जना

  २०८२ मंग्सिर १८, मंगलबार

कविता–सङ्ग्रह ‘घुम्ती बिक्रिमा छ’ लोकार्पण, साहित्यिक विमर्शले रंगियो कुञ्ज थिएटर

  २०८२ मंग्सिर १५, शनिबार

सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखनमा जानुपर्ने किरणको माग

  २०८२ मंग्सिर १२, बुधबार

नेकपा एमालेको भ्रातृ संगठन ‘नेशनल भोलिन्टियर फोर्स’ गठन

  २०८२ मंग्सिर ७, शुक्रबार

बिमल स्मृति राष्ट्रिय कविता प्रतियोगिता–२०८२ : कवि रिजन मायालु प्रथम

  २०८२ कार्तिक २२, बिहिबार

हलेसी तुवाचुङमा शान्ति–सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

  २०८२ असोज १०, बिहिबार

उपरकोटीलाई खोटाङ र सोलुखुम्बु अनेरास्ववियु इन्चार्जको जिम्मेवारी

  २०८२ श्रावण १९, शनिबार

सम्बन्धित खबर