मंग्सिर २०, २०८२ बिहिबार

राष्ट्रिय स्वतन्त्र पार्टी रावाबेंसी गाउँपालिकाका सभापति कृष्णप्रसाद पाण्डे एमालेमा प्रवेश

राष्ट्रिय स्वतन्त्र पार्टी रावाबेंसी गाउँपालिकाका सभापति कृष्णप्रसाद पाण्डे एमालेमा प्रवेश गरेको हो ।

बैशाख ३१,खोटाङ । राष्ट्रिय स्वतन्त्र पार्टी रावाबेंसी गाउँपालिका कार्यसमितिका सभापति कृष्णप्रसाद पाण्डे एमालेमा प्रवेश गर्नुभएको छ । बुधवार एमाले रावाबेंसी गाउँपालिका कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला  कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका पालिका कार्यसमितिका सभापति  कृष्णप्रसाद पाण्डे एमालेमा प्रवेश गर्नुभएको हो ।

पाण्डेलाई नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा जिल्ला इन्चार्ज बिशाल भट्टराई, केन्द्रीय सदस्य खगेन्द्र राई, रावाबेंसी गाउँपालिका पूर्व अध्यक्ष लिलानाथ निरौला र गाउँपालिकाकी उपाध्यक्ष कौशिला गुरुङ लगायतले अबिर र फूलमाला लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । नवप्रवेशी पाण्डेलाई उचित मूल्यांकन गरेर पार्टीको जिम्मेवारी प्रदान गरिने पोलिटब्युरो सदस्य भट्टराईले बताउनुभयो ।

एमाले नै देशको प्रमुख शक्ति भएकाले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेको कृष्णप्रसाद पाण्डेले बताउनुभएको छ । एमालेमा प्रवेशको औचित्य प्रष्ट्याउदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने सहकारी ठगी प्रकरण मुछिएर जेल चलान भएको  र  राजनीतिमा अपरिपक्व रहेकोले मुलुकको नेतृत्व गर्न असमर्थ रहेकोले एमालेमा प्रवेश गरेको पाण्डेले जानकारी दिनुभएको छ ।

रास्वपाका पालिका

पालिका कमिटी अध्यक्ष यज्ञ नायरायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पोलिटब्यूरो सदस्य भट्टराई, केन्द्रीय सदस्य खगेन्द्र राई, रावाबेंसी गाउँपालिकाका पूर्व अध्यक्ष लिलानाथ निरौला, गाउँपालिका उपाध्यक्ष कौशिला गुरुङ, एमालेका नेताहरु बाबुराम जोशी, बीरेन्द्र मगर, भीम पान्डे, यादव घिमिरे, एल बि मगर, पहलमान मगर, बिष्णु उपरकोटी लगायतको कार्यक्रममा उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

‘साकेला खोटाङ, मेरो गाउँ’ सार्वजनिक : सांस्कृतिक पहिचान झल्काउने मौलिक सिर्जना

  २०८२ मंग्सिर १८, मंगलबार

कविता–सङ्ग्रह ‘घुम्ती बिक्रिमा छ’ लोकार्पण, साहित्यिक विमर्शले रंगियो कुञ्ज थिएटर

  २०८२ मंग्सिर १५, शनिबार

सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखनमा जानुपर्ने किरणको माग

  २०८२ मंग्सिर १२, बुधबार

नेकपा एमालेको भ्रातृ संगठन ‘नेशनल भोलिन्टियर फोर्स’ गठन

  २०८२ मंग्सिर ७, शुक्रबार

बिमल स्मृति राष्ट्रिय कविता प्रतियोगिता–२०८२ : कवि रिजन मायालु प्रथम

  २०८२ कार्तिक २२, बिहिबार

हलेसी तुवाचुङमा शान्ति–सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

  २०८२ असोज १०, बिहिबार

उपरकोटीलाई खोटाङ र सोलुखुम्बु अनेरास्ववियु इन्चार्जको जिम्मेवारी

  २०८२ श्रावण १९, शनिबार

सम्बन्धित खबर